back

जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगारीबाट कमाए झण्डै ७२ करोड

काठमाडौं । चालु् आर्थिक वर्षको पहिलो तीन महिनामा जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूले वैदेशिक रोजगारीमा जानेहरूबाट ७१ करोड ७८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

साउनदेखि असोज महिनासम्म १३ वटा जीवन बीमा कम्पनीहरूले २१ लाख ८६ हजार ५५७ पोलिसी जारी गरेर यस्तो व्यापार गरेका हुन् । कम्पनीहरूले असोज महिनामा मात्रै ५३ हजार ३५५ पोलिसी जारी गरेर २२ करोड ५१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको नेपाल बीमा प्राधिकरणले सावर्जनिक गरेको तथ्यांकले देखाइएको छ ।

पहिलो त्रैमास (साउनदेखि असोज) महिनासम्म सबैभन्दा बढि वैदेशिक रोजगारीबाट सन नेपाल लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सले १० करोड बढिको व्यापार गरेका छन् भने दुई वाट बिमक गार्डियन माईक्रो र क्रेष्ट माईक्रो लाइफ इन्स्योरेन्सले (०) व्यापार नै नगरेको सावर्जनिक तथ्यांकमा छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले ७ लाख २९ हजार १७९ पोलिसी जारी गरेर ३२ करोड ९१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । त्यसैगरी एशियन लाइफ इन्स्योरेन्सले पनि १ लाख ७ हजार २०५ पोलिसी जारी गरेर ११ करोड ९३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्सले १ लाख १० हजार १८२ पोलिसी जारी गरेर ५ करोड ६८ लाख, नेपाल लाइफले ६ करोड ८० लाख,आइएमई लाफले १ करोड ३४ लाख, रिलायबल नेपालले ३ करोड २ लाख, सिटिजन लाइफले १ करोड ९५ लाख, सुर्यज्योतिले ३ करोड ९१ लाख, सानीमा रिलायन्सले ४ करोड ६ लाख, प्रभु महालक्ष्मी लाइफले ९ लाख र लिवर्टी माइक्रो लाइफले ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...