back
skip this gaugauma singhadarbar

विश्व लगानीकर्ता सप्ताह -२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले २ दिने लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।

प्रभु क्यापिटलले आयोजना गरेको उक्त कार्यक्रम धनुषा जिल्लामा रहेको मिथिला प्राविधिक कलेज, बिशहरा चौक र मोनाष्टिक कलेज, भानु चौकमा अध्ययनरत विधार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेशागत कर्मचारीहरूलाई कात्तिक ८ गते बिहिबार तथा कार्तिक ९ गते शुक्रबार सम्पन्न गरेको छ ।

दुई कलेजमा करिब ९० जना विधार्थी, शिक्षक, व्यवसाही तथा अन्य पेशागत कर्मचारीहरुको सहभागिता भएको उक्त कार्यक्रमको प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका थिए । उक्त कार्यक्रममा पूजीं बजारमा लगानीको प्रतिफल तथा जोखिम व्यवस्थापन सम्बन्धी, आधारभूत तथा प्राविधिक विश्लेषण, शेयर बजारमा लगानी गर्नु पुर्व ध्यान दिनु पर्ने कुराहरू, बजारमा उपलब्ध लगानीका उपकरणहरू तथा लगानी विविधीकरणका जस्ता विषयमा प्रकाश पारेका थिए ।

साथै लगानी गर्दा प्रविधि र डिजिटल सेवाको प्रयोग( आस्बा, सिआस्बा, मेरो शेयर एपको तथा आईपिओ भर्दा पु¥याउनु पर्ने सजगताका बारेमा प्रकाश पारेका थिए । साथै पोर्टफोलियो व्यवस्थापन, सामूहिक लगानी कोषको लगानीमा हुने फाईदा तथा जोखिम सम्बन्धी विषयहरु पनि समेटेका थिए ।

कार्यक्रमका सहभागी सदस्यहरूले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा यस प्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण, र प्रविधि र डिजिटल सेवाको प्रयोग जस्ता बिषयमा विस्तृत ढंगले प्रकाश पारेको हुनाले उक्त तालिम ज्यादै उपयोगी रहेको तथा शेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय—समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रमहरु, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ भने यो विश्व लगानीकर्ता सप्ताहको आव्हानमा प्रत्येक वर्ष अन्तराष्ट्रीय स्तरमा लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाईने गरिन्छ ।


शान्ति र स्थिरताको पक्षमा सहकार्य गर्ने उद्योग वाणिज्य संघको प्रतिबद्धता

शान्ति र स्थिरताको पक्षमा सहकार्य गर्ने उद्योग वाणिज्य संघको प्रतिबद्धता

वि.सं.२०८२ भदौ २६ बिहीवार १२:५१

काठमाडौं । सामाजिक सञ्जाल निषेध र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सञ्चालन...

कनेक्ट आईपीएसको शुभयात्रा अफर

कनेक्ट आईपीएसको शुभयात्रा अफर

वि.सं.२०८२ भदौ २३ सोमवार १८:३४

काठमाडौं । यस चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइट तथा बस...

सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि चासो बढ्यो

सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि चासो बढ्यो

वि.सं.२०८२ भदौ २२ आइतवार १८:२७

काठमाडौं । नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निस्क्रिय गर्ने सरकारको...

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला २ लाख १२ हजार पुग्यो

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला २ लाख १२ हजार पुग्यो

वि.सं.२०८२ भदौ २२ आइतवार १०:४८

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड...

पशुपति आइरन एण्ड स्टीलको नाफा दबाबमा, आम्दानी बढेपनि नाफा स्थिर

पशुपति आइरन एण्ड स्टीलको नाफा दबाबमा, आम्दानी बढेपनि नाफा स्थिर

वि.सं.२०८२ भदौ २२ आइतवार १०:२६

काठमाडौं । पशुपति आइरन एण्ड स्टील प्रा. लि. को आम्दानीमा...

उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा

उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा

वि.सं.२०८२ भदौ १९ बिहीवार १४:४८

काठमाडौं । बाढी पहिरोका कारण उत्तरतर्फका दुबै नाका रसुवागढी र...