लक्ष्मी सन्राइज बैंकले गर्यो पोखरामा सेवा विस्तार
वि.सं.२०८१ कात्तिक ११ आइतवार
काठमाडौं । लक्ष्मी सन्राइज बैंकले कास्की जिल्लाको पोखरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको पोखरा महानगरपालिका वडा नं. २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा नं। ६ स्थित हल्लनचोक (लेकसाइड)मा स्थानान्तरण गरिएको छ ।
स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरूले सोही महानगरपलिकको वडा नं. २७ स्थित लेखनाथ (तालचोक) शाखा मार्फत सेवा लिन सक्नेछन् ।
सेवा विस्तारकै क्रममा बैंकले आफ्नो २७औं एक्स्टेन्सन काउन्टर पनि संचालनमा ल्याएको छ । उक्त काउन्टर पोखरा महानगरपलिका वडा नं. १६ को बाटुलेचौरमा स्थापना भएको हो ।
साथै ग्राहकहरूको सहजता लागि रौतहट जिल्लाको गौर नगरपलिका वडा नं.३ मा स्थित शाखा कार्यालय सोही वडाको ३० मिटर पूर्व तर्फ स्थानान्तरण भएको छ ।
स्थानान्तरण भए सँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएका शाखाहरूले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्ने जनाएको छ।
प्रकाशित समय : १३:४१ बजे





















