back

आजदेखि सुनको असर्फी र चाँदी सिक्का बेच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार लक्षित गर्दै आजदेखि चाँदीका सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंक टक्सार महाशाखाले बिहीबार सूचना प्रकाशित गर्दै आजदेखि चाँदीको सिक्का बिक्री गर्ने जनाएको हो ।

विशेष गरी नेपालीहरूको दशै पछिको दोस्रो ठुलो पर्व तिहारमा धनतेरसको दिन सुन, चाँदीजस्ता बहुमूल्य धातुको असर्फी तथा सिक्का किन्ने चलन छ । यसपटक सुनको असर्फी अभाव रहेकाले कार्तिक १३ गते एकदिन मात्रै बिक्री खुला गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

‘सुनको असर्फी २.५ ग्राम प्रतिव्यक्ति एक थानका दरले ‘फर्स्ट कम फर्स्ट सर्भिसका आधारमा कार्तिक १३ गते एकदिन मात्र बिहान ११ बजेदेखि मौज्दात कायम रहेमा मध्याह्न ४ बजेसम्म बिक्री गरिने छ,’ राष्ट्र बैंकको सूचनामा छ ।

चाँदीको स्मारिका तथा मेडालियन भने ११ कात्तिकदेखि १४ कात्तिकसम्म बिक्री हुने राष्ट्र बैंकले जनाएको छ । ११ बजेदेखि मध्याह्न ४ बजेसम्म प्रतिव्यक्ति बढीमा ५ थानसम्म बिक्री हुने राष्ट्र बैंकले जनाएको छ । चाँदीको मेडालियन भने गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम मध्येबाट बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।

असर्फी, चाँदीका स्मारिका र मेडालियन खरिदका लागि अनिवार्य सक्कल नागरिकता वा परिचय खुल्ने प्रमाण र त्यसको प्रतिलिपि सहित उपस्थित हुनुपर्ने राष्ट्र बैंकको भनाइ छ । असर्फी तथा मेडालियन खरिद गर्न नगद तथा क्यूआर मार्फत समेत भुक्तानी गर्न सकिने छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...