back
Naima

वाणिज्य बैंकहरूले दुई महिनामै कमाए २० अर्ब नाफा, सबै भन्दा बढि नबिल बैंकको

काठमाडौं । देशमा संचालीत वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २० अर्ब २१ करोड रुपैयाँ नाफा कमाएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको नाफा १६ अर्ब ६४ करोड रुपैयाँ थियो । त्यसैगरी दुई महिनामा विकास बैंकको नाफा १ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएका छन, भने फाइनान्स कम्पनीको नाफा ८७ करोड रुपैयाँ कमाएको नेपाल राष्ट्र बैंकले सावर्जनिक गरेको तथ्यांकमा छ ।

सावर्जनिक तथ्यांक अनुसाार चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा वाणिज्य बैंकहरूको यस्तो नाफा ९ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको छ  ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नबिल बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । नाफा बढी कमाउने दोस्रो बैंक ग्लोबल आईएमई बैंक बनेको छ । बैंकले  १ अर्ब ५६ करोड रुपैयाँ नाफा कमाएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको छ भने हिमालय बैंकले १ अर्ब १६ करोड रुपैयाँ नाफा गरेर बढी नाफा कमाउने चौथो बैंक बनेको छ ।

एभरेष्ट बैंक लिमिटेडले ८२ करोड ५५ लाख नाफा आर्जन गर्दा प्रभु बैंकले ९१ करोड ३२ लाख नाफा आर्जन गरेको छ ।

दुई महिनामा प्राइम कमर्शियल बैंक लिमिटेडले ९७ करोड ४६ लाख नाफा आर्जन गरेको छ भने एनएमबी बैंकले ७८ करोड २ लाख, लक्ष्मी सनराइज बैंकले ८६ करोड ४६ लाख, सानिमा बैंक लिमिटेडले ६८ करोड ९२ लाख नाफा कमाएको छ ।

माछापुछ्रे बैंकले ३९ करोड २४ लाख नाफा कमाउँदा एनआईसी एशिया बैंकले ५७ करोड ७५ लाख नाफा कमाएको छ । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ८८ करोड ३ लाख नाफा कमाएको छ भने नेपाल बैंक लिमिटेडले ६७ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ ।

यसैगरी, विदेशी लगानीको स्ट्यार्डड चार्टर बैंकले ६० करोड ६२ लाख नाफा आर्जन गरेको छ भने नेपाल एसबीआई बैंकले ५३ करोड ३९ लाख, सिद्धार्थ बैंकले ६० करोड ५६ लाख, सिटिजन्स बैंकले ५८ करोड ९८ लाख, कृषि विकास बैंकले ८८ करोड ७० लाख नाफा कमाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२५

काठमाडौं । प्रभु बैंकले घर तथा सवारी साधन खरिद गर्न...

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२३

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४३

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्रभु महालक्ष्मी लाइफ...

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा रिलायबल नेपाल लाइफ...

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३...

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:२६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्राइम कमर्सियल बैंक...