back

१०८ एमपी क्यामरा र ६००० एमएएच ब्याट्री भएकाे अनर एक्स६० सिरिज लन्च, मूल्य कति ? 

काठमाडौं । अनर एक्स६०(Honor X60) सीरीज सार्वजनिक भएको छ। कम्पनीले यस सीरीजका दुई स्मार्टफोन अनर एक्स६० र अनर एक्स६० प्राे सार्वजनिक गरेको हाे।

दुबै स्मार्टफोनहरू एक्स५० सीरीजका सक्सेसर हुन् । यी फाेनहरू चीनमा लन्च गरिएका हुन्। दुबै फोनमा १०८ एमपी प्राइमरी रियर क्यामरा छ।

स्ट्यान्डर्ड मोडलमा कम्पनीले मिडियाटेक डाइमेन्सिटी ७०२५-अल्ट्रा (MediaTek Dimensity 7025-Ultra) प्रोसेसर दिएको छ। यस्तै, प्रो भेरियन्टमा क्वालकम स्न्यापड्रागन (Qualcomm Snapdragon) प्रोसेसर उपलब्ध छ।

यी स्मार्टफोनहरूको मूल्य र अन्य विवरणहरू यस्ता छन् :

अनर एक्स६० (Honor X60)मा ६.८ इंचकाे टीएफटी एलसीडी डिस्प्ले पाइनेछ । याे फाेन १२० हर्जकाे रिफ्रेस रेट सपोर्टको साथ आउँछ। यो स्मार्टफोनमा मिडियाटेक डाइमेन्सीटी ७०२५ – अल्ट्रा प्रोसेसरपनि पाउन सकिन्छ। यसमा १२ जीबी र्याम र ५१२ जीबी स्टोरेजको विकल्प छ।

डिभाइसलाई पावर दिन ५८०० एमएएच ब्याट्री प्रदान गरिएको छ जुन ३५ वाट फास्ट चार्जिङ सपोर्टको साथ आउँछ। यस फाेनमा सुरक्षाको लागि साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सर पनि दिइएकाे छ।

यसैगरी, अनर एक्स६० प्राेमा ६.७८ इन्च एमाेलेड (Amoled) डिस्प्ले पाउन सकिनेछ । यसमा १२० हर्जकाे रिफ्रेस रेट पनि पाइनेछ। यो स्मार्टफोनले क्वालकम स्न्यापड्रागन ६ जेन १ प्रोसेसरमा काम गर्दछ। त्यस्तै, प्रयाेगकर्ताले १२ जीबी र्याम र ५१२ जीबी स्टोरेजको विकल्प पनि पाइनेछ।

यो डिभाइस उपग्रह संचार क्षमता (Satellite Communication Capability)संगै आउँछ। फोनलाई पावर दिनको लागि ६६ वाट चार्जिङका साथमा ६००० एमएएच ब्याट्री प्रदान गरिएको छ। दुबै फोनमा १०८ एमपी प्राइमरी रियर क्यामेरा र २ एमपी डेप्थ सेन्सर छ। याे फाेनकाे फ्रन्टमा ८ एमपीकाे सेल्फी क्यामरा दिइएको छ।

अनर एक्स६०को मूल्य एक हजार १९९ युआन (करिब साढे २२ हजार रुपैयाँ) निर्धारण गरिएकाे छ। यो ८ जीबी-याम + १२८ जीबी स्टाेरेज भेरियन्टकाे फोनको मूल्य हाे। यो फोन प्रयाेगकर्ताहरूले १२ जीबी-याम र ५१२ जीबीसम्मकाे स्टाेरेज विकल्पहरूमा किन्न सक्नेछन्। कम्पनीले यसलाई तीन रङमा लन्च गरेको हो ।

प्रो भेरियन्टको बेस मोडेल, ८ जीबी -याम + १२८ जीबी स्टाेरेज भेरियन्टको मूल्य एक हजार ४९९ युआन (करिब २९ हजार रूपैयाँ) ताेकिएकाे छ। यसलाई १२ जीबी -याम र ५१२ जीबीसम्मकाे स्टाेरेजमा पनि किन्न सकिन्छ। यो फोन एश, ब्ल्याक, ओरेन्ज र सी ग्रीन गरी चार रङमा सार्वजनिक गरिएको हाे ।

nactional life
Corporatebazar 11 Anniversary

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा : ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा : ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

वि.सं.२०८३ वैशाख २० आइतवार ११:२४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभा...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

सानादेखि ठूला व्यवसायीको भावना समेट्ने ज्योत्सना श्रेष्ठको दाबी,प्यानलबाट १९ जना मैदानमा

सानादेखि ठूला व्यवसायीको भावना समेट्ने ज्योत्सना श्रेष्ठको दाबी,प्यानलबाट १९ जना मैदानमा

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:३१

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका...

महासंघ निर्वाचन: वित्तीय क्षेत्रको मुद्दा बोकेर मैदानमा उत्रिए राजकुमार तिमिल्सिना

महासंघ निर्वाचन: वित्तीय क्षेत्रको मुद्दा बोकेर मैदानमा उत्रिए राजकुमार तिमिल्सिना

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:१६

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनको...

श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण, ब्याजदर ६ प्रतिशत मात्रै

श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण, ब्याजदर ६ प्रतिशत मात्रै

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १७:२२

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूका लागि खुसीको खबर...

खाना पकाउने ग्यास १५० रूपैयाँले बढ्दा पेट्रोल र डिजेलको मूल्य कति?

खाना पकाउने ग्यास १५० रूपैयाँले बढ्दा पेट्रोल र डिजेलको मूल्य कति?

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५९

काठमाडौं । नेपाल आयल निगमले इन्धनको नयाँ मूल्य समायोजन गरेको...