back

ज्योति विकास बैंकका ग्राहकहरुलाई पोखरास्थित कुटी रिसोर्टमा २० प्रतिशत सम्मको विशेष छुट

काठमाडौं । ज्योति विकास बैंकले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्टमा ग्राहकहरूलाई विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौताअन्तर्गत, बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खानामा २०%, पेय पदार्थमा १०%, र रुम चार्जमा १५% सम्मको आकर्षक छुटको फाइदा लिन सक्नेछन् ।

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै, नेपालको प्रमुख पर्यटकीय स्थल फेवातालको नजिक रहेको उक्त रिसोर्टमा ग्राहकहरूले एक वर्षको अवधिसम्म सो छुटको लाभ उठाउन पाउनेछन्। कुटी रिसोर्ट सम्पूर्ण आधुनिक सुविधासहितको प्रख्यात थ्री-स्टार स्तरको रिसोर्ट हो ।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ। आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ।

स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। यस्ता जिवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...