back

आईप्याड मिनी २०२४: ए १७ चिपसेटसहितको नयाँ आईप्याड लन्च

काठमाडौं । एप्पलले आईप्याड मिनी (२०२४) विश्वव्यापी रुपमा सार्वजनिक गरेको छ ।

विश्व बजारसँगै आईप्याड मिनी (२०२४) भारतमा पनि लञ्च गरिएकाे छ । आईप्याड मिनी(२०२४) का साथमा ए १७ प्राे चिपसेट पनि दिइएको छ।

सन् २०२१ पछि एप्पलले आईप्याड मिनी सार्वजनिक गरेको यो पहिलो पटक हो ।आईप्याड मिनी (२०२४)मा एप्पल इन्टेलिजेन्स पनि प्रदान गरिएको छ र बेस मोडेलमा १२८ जीबी स्टाेरेज छ।

आईप्याड मिनीकाे मूल्य 

भारतमा आईप्याड मिनी (२०२४)को सुरूवाती मूल्य १२८ जीबी स्टाेरेजको बेस मोडेलको ४९ हजार ९९० भारतीय रुपैयाँ ताेकिएकाे छ। यस्तै, यसको सेलुलर संस्करण ६४ हजार ९०० भारुमा उपलब्ध हुनेछ। २५६ जीबी मोडेलको मूल्य ५९ हजार ९०० भारतीय रूपैयाँ (सेलुलर: ७४,९०० भारू) निर्धारण गरिएकाे छ । त्यसैगरी, ५१२ जीबी वाइफाइ संस्करणको मूल्य ७९,९०० भारू (सेलुलर: ९४,९०० भारू) रहेकाे छ।

एप्पलले आईप्याड मिनी (२०२४) अक्टोबर २३ देखि निलो, पर्पल, स्पेस ग्रे र स्टारलाइट रंगहरूमा बिक्री हुने भएकाे छ। प्रि-अर्डरहरू अब कम्पनीको वेबसाइट मार्फत गर्न सकिने भारतीय संचारमाध्यमले जनाएका छन् ।

आईप्याड मिनीको स्पेसिफिकेशन्स र फीचर्स

आईप्याड मिनीमा ८.३ इन्च (१,४८८*२,२६६ पिक्सेल)काे लिक्विड रेटिना डिस्प्ले पाउन सकिनेछ । यसमा ३२६ पीपीआईको पिक्सेल घनत्व र ५०० निट्ससम्मको पीक ब्राइटनेस रहेकाे छ।आईपीएस डिस्प्ले पी ३ रङ गामुटलाई समर्थन गर्दछ र एप्पल पेन्सिल प्रोसँग नै काम गर्दछ । यसलाई यस वर्षको सुरुमा सार्वजनिक गरिएकाे थियो।

आईप्याड मिनी (२०२४) एप्पलको ए१७ प्रो चिपद्वारा संचालित छ। यसमा हेक्सा कोर सीपीयूसँग जोडिएको दुई परफरमेन्स कोर र चार इफिसियंसी कोरसहितको हेक्सा-कोर सीपीयू छ। यो आईप्याडओएस १८मा चल्छ र कम्पनीद्वारा आगामी महिनाहरूमा जारी गरिने एप्पल इंटिलिजेन्स फीचर्सहरूलाई समर्थन गर्नेछ।

आईप्याड मिनी (२०२४)को क्यामरा

नयाँ आईप्याड मिनी (२०२४) f/१.८ एपर्चर, अटोफोकस र स्मार्ट एचडीआर ४ सपोर्टको साथ १२ मेगापिक्सेलको वाइड-एंगल क्यामराको साथमा आउँछ। यसले ६० fpsसम्म ४ के भिडियो रेकर्डिङ र २४०fpsसम्म १०८०p स्लाे-मोशन भिडियो रेकर्डिङलाई समर्थन गर्दछ। यस आईप्याड मिनीकाे अगाडिमा f/2.4 एपर्चर, स्मार्ट एचडीआर र सेन्टर स्टेजकाे समर्थन गर्ने १२-मेगापिक्सल अल्ट्रावाइड क्यामरा छ। यसले ६० fps सम्ममा १०८०p भिडियोहरू रेकर्ड गर्न सक्छ।

आईप्याड मिनी(२०२४)को ब्याट्री र कनेक्टीभीटी 

स्टेरियो स्पिकर र दुई माइक्रोफोनहरू भएकाे आईप्याड मिनी (२०२४) १२८ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ। कनेक्टीभिटी विकल्पहरूमा वाइफाइ-६इ र ब्लुटुथ ५.३ समावेश छ । त्यस्तै, सेलुलर मोडेलहरूमा ५जी, ४ जी एलटीइ र जीपीएसलाई पनि समर्थन गर्दछ। ब्याट्रीले पूरा दिनकाे ब्याकअप दिने कम्पनीद्वारा दाबी गरिएकाे छ।

यसमा एक्सेलेरोमिटर, एम्बियन्ट लाइट सेन्सर, ब्यारोमिटर, र थ्री-एक्सिस जाइरोस्कोप सहित धेरै सेन्सरहरू रहेका छन्। यसमा बायोमेट्रिक प्रमाणीकरणका लागि एप्पलको टच आईडी फिंगरप्रिन्ट स्क्यानर पनि छ। आईप्याड मिनी(२०२४)मा यूएसबी ३.० पोर्ट छ, जुन ४k/६०fps र डिस्प्ले पाेर्टसम्म चार्जिङ सपोर्टको साथ आउँछ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...