कर्पाेरेट डेभलपमेन्ट बैंकले पायो १८ महिनापछि सीईओ
वि.सं.२०८१ कात्तिक १ बिहीवार
काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंकले १८ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । बैंक सञ्चालक समितिको असोज ३० गते सबेको बैठकले लालबहादुर थिङलाई सीईओमा नियुक्त गरेको हो ।थिङ आगामी चार वर्षका लागि बैंकको सीईओमा नियुक्त भएका हुन् ।
यसअघि त्रिलोकध्वज जोशीले विसं २०८० साउन २५ गते राजीनामा दिएपछि कायमुकायम सीईओको जिम्मेवारी बिपिनराज पोख्रेललाई दिइएको थियो ।
प्रकाशित समय : ११:२४ बजे





















