back

बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली संशोधनः अब राष्ट्र बैंकबाट स्वीकृति नलिइकनै बैंकले खाता रोक्का गर्न सक्ने (पूर्णपाठ)

रोक्का राखेको खाता ४८ घण्टाभन्दा बढी अवधिको लागि रोक्का राख्न परेमा भने राष्ट्र बैंकमार्फत पुनः रोक्का गराउनुपर्ने व्यवस्था संशोधित विनियमावलीमा छ ।

काठमाडौँ । कुनै पनि इजाजतपत्र प्राप्त संस्थाले राष्ट्र बैंकको अनुमति नलिईकनै बैंक खाता रोक्का तथा फुकुवा गर्न सक्ने भएको छ ।

खाता रोक्का गरेपछि राष्ट्र बैंकमा जानकारी मात्रै गराए हुने व्यवस्था बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ मा गरिएको संशोधन लागू भएसँगै यो सम्भव भएको हो ।

असोज २९ मा यो विनियमावलीको पहिलो संशोधन गरिएको हो । यो विनियमावली गत असोज १ गतेदेखि मात्रै लागू भएको हो ।

यसअघि कुनै पनि इजाजतपत्र प्राप्त संस्थाले कुनै व्यक्ति,कम्पनी, फर्म वा संस्थाको बैंक खाता रोक्का वा फुकुवा गर्नुपरे राष्ट्र बैंकको अनुमति लिनुपर्ने व्यवस्था थियो ।

केन्द्रीय बैंकले उक्त बुँदामा संंशोधन गर्दै सम्बन्धित विशेष ऐनले तोकेको अधिकार प्रयोग गरी अख्तियारप्राप्त निकायले इजाजतपत्र प्राप्त संस्थामा गरेको पत्राचार बमोजिम सोझै खाता रोक्का वा फुकुवा गर्न यस व्यवस्थाले बाधा नपर्ने उल्लेख गरेको छ । तर त्यस्तो पत्राचार बमोजिम कुनै खाता रोक्का वा फुकुवा भएमा सोको जानकारी इजाजतपत्र प्राप्त संस्थाले राष्ट्र बैंकलाई तत्काल उपलब्ध गराउनुपर्ने व्यवस्था संशोधित विनियमावलीमा छ ।

रोक्का रहेको खाता फकुवा गर्न अदालतको आदेश बमोजिम फकुवा गर्न भने इजाजत प्राप्त संस्थालाई राष्ट्र बैंकको निर्देशन आवश्यक नपर्ने विनियमावलीमा उल्लेख छ ।

त्यसैगरी भूलवश वा कुनै कसुर गरी कुनै ब्यक्ति, फर्म, कम्पनी तथा संस्थाको खातामा रकम जम्मा गरिएको भन्ने इजाजतपत्रप्राप्त संस्थालाई लिखित/मौखिक जानकारी प्राप्त भएमा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले सो को यकिन गरी अल्पकालीन अवधिको लागि त्यस्तो खाता रोक्का गर्न सक्ने बुँदा समेत संशोधित विनियमावलीमा उल्लेख छ । यसरी रोक्का राखेको खाता ४८ घण्टाभन्दा बढी अवधिको लागि रोक्का राख्न परेमा भने राष्ट्र बैंकमार्फत पुनः रोक्का गराउनुपर्ने व्यवस्था संशोधित विनियमावलीमा छ ।

राष्ट्र बैंकले बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्ने सम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन आवश्यकता महसुस गरी बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१ गत असोज १ गतेदेखि लागू गरेको हो ।

गत जेठमा मस्यौदा सार्वजनिक गर्दै राय–सुझाव पेस गर्न आह्वान गरेको केन्द्रीय बैंकले १३ भदौको सञ्चालक समिति निर्णयबाट विनियमावली स्वीकृत गरेपछि यो विनियमावली असोज १ देखि कार्यान्वयनमा आएको थियो । कार्यान्वयनमा आएको एक महिना नपुग्दै पहिलो संशोधन भएको हो ।



Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

वि.सं.२०८३ साउन १५ शुक्रवार १९:०७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा...

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:५६

काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:४७

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:३५

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको...

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

वि.सं.२०८३ साउन १३ बुधवार १३:३०

धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/०८२ को...

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

वि.सं.२०८३ साउन १३ बुधवार १३:१८

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत...