कृषि विकास बैंकको संचालकमा डा. केसी नियुक्ति
वि.सं.२०८१ असोज २१ सोमवार
काठमाडौं । कृषि विकास बैंकको संचालकमा डा.हरि बहादुर केसी नियुक्ति भएका छन् ।
गत असोज ११ गते शुक्रबारको मन्त्रिस्तरीय निर्णयबाट बैंकको संचालकमा डा. केसीलाई नियुक्ति गरिएको हो ।
उनी कृषि तथा पशुपंक्षी मन्त्रालयका सहसचिव हुन् । बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ बमोजिम डा. केसीले असोज २० गते आइतबार नै संचालकको रुपमा शपथ ग्रहण लिएका छन् ।
प्रकाशित समय : १३:२४ बजे





















