back

नेपाल र बङ्गलादेश विद्युत् व्यापारसम्बन्धी ऐतिहासिक सहमतिपत्रमा हस्ताक्षर : अव नेपालले ‘बंगलादेश विद्युत निर्यात गरेर वार्षिक ९.२ मिलियन कमाउँछ

‘यो सम्झौताले कमाइ मात्रै हुँदैन, त्रिदेशी मान्छे-मान्छेबीच सम्बन्ध बढाउने र आर्थिक सम्बन्ध बढाउन टेवा पुग्छ, आर्थिक गतिविधि बढाउँछ,’: कुलमान घिसिङ

काठमाडौं । नेपाल र बंगलादेशबीच विद्युत निर्यातको लागि सम्झौता भएको छ । बिहीबार नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड (एनभीभीएन) बीच ४० मेगावाट विद्युत किनबेच गर्ने सम्बन्धि सम्झौता भएको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगमकी सीईओ डेइनो नारान र बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहम्मद रिज्वान करिम प्रतिनिधिहरूले सम्झाैतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बंगलादेशमा विद्युत निर्यात गर्न पाउँदा खुसी व्यक्त गरे । यो सम्झौताले नेपाल, भारत र बंगलादेशबीच थप व्यापार गर्न सहज हुने धारणा राखे ।

भारतीय ग्रिडको प्रयोगबाट भारतबाट बंगलादेश निर्यात हुने विद्युतले नेपालको वैदेशिक मुद्रा कमाउन सहयोग पुग्ने बताए ।उनले यसबाट वार्षिक ९.२ मिलियन आम्दानी (एक अर्ब २२ करोड बढी नेपाली रुपैयाँ ) हुने धारणा राखे ।

उनका अनुसार आयात प्रत्येक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म कायम रहनेछ । बंगलादेशले नेपालसँग प्रतियुनिट ६.४ सेन्टमा उक्त विद्युत् खरिद गर्नेछ ।

उनले तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने पहिलो देश नेपाल बनेको भन्दै खुसी व्यक्त गरे । ‘यो सम्झौताले कमाइ मात्रै हुँदैन, त्रिदेशी मान्छे-मान्छेबीच सम्बन्ध बढाउने र आर्थिक सम्बन्ध बढाउन टेवा पुग्छ, आर्थिक गतिविधि बढाउँछ,’ उनले भने ।

बंगलादेश सरकारले सन् २०४० सम्म नेपालबाट ९ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको थियो । नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ ।

लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने सम्झौतामा हस्ताक्षर भएको हो । ‘टोकन’ कै रूपमा भएपनि नेपालको बिजुली बङ्गलादेश पुग्नु ऊर्जा क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । बुधबार मात्रै दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको थियो ।

बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल हुँदै आएको थियो ।

यस्तै, दुई देशबीच सुनकोशी तेस्रो जलविद्युत् आयोजना (नेपाल, बङ्गलादेश र भारतबीच) सहकार्यपूर्ण सहभागिताका आधारमा विकास गर्ने र सो आयोजना विकास गर्ने सम्बन्धमा प्राधिकरण र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी संयुक्त उपक्रम सम्झौता आगामी सचिवस्तरीय संयन्त्रको बैठक अगावै टुङ्गो लगाउने सहमति भएको छ ।

नेपाल र बङ्गलादेशबीच विद्युत् व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनको प्राविधिक र आर्थिक पक्षको अध्ययन हुने भएको छ । नेपालको जलविद्युत् क्षेत्रमा लगानी प्रवर्द्धनका लागि बङ्गलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न आवश्यक पहल गरिनेछ । त्यस्तै नेपाल, बङ्गलादेश र भारतबीच विद्युत् व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विद्युत् क्षेत्रमा सहकार्यका लागि द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउन आ–आफ्नोतर्फबाट पहल गरिनेछ ।

गत असारमा नै विद्युत् व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी थियो । दुई देशका ऊर्जा सचिवस्तरीय बैठकका अवसरमा सम्झौताको तयारी गरिए पनि अन्तिममा स्थगित भएको थियो । बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण नेपाल, भारत, बङ्गलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा सम्झौताको तयारी गरिए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

पुनः दोस्रो पटक गत साउन १३ मा नेपाल, भारत र बङ्गलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा त्रिपक्षीय सम्झौताको तयारी गरिएको थियो । यस्तै, नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय बैठकको समेत आयोजना गरिएको थियो । तत्कालीन समयमा बङ्गलादेशको राजनीतिक परिवर्तनले सो कार्यक्रम स्थगन हुन पुग्यो । बङ्गलादेशको अन्तरिम सरकारले पनि बिजुली लैजाने विषयमा छलफल गरिरहेको र आवश्यक पहल भइरहेको थियो ।

यस्तै, कुल छ सय ८० मेगावाटको सुनकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण र विकासका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ । यो अर्को महत्त्वपूर्ण विषय हो ।

साङ्केतिक रूपमा नै भए पनि बङ्गलादेशमा बिजुली बिक्री हुनु नेपालको सफलताका रूपमा लिइएको छ । भारतपछि उपक्षेत्रीय रूपमा नेपालको बिजुली अन्यत्र पुग्नु आफैमा महत्त्वपूर्ण हुने सरकारको बुझाइ छ । प्राधिकरणले भारतीय कम्पनी एनभिभीएनलाई बिजुली उपलब्ध गराउने छ । सोही कम्पनीले नेपाली बिजुली बङ्गलादेश पुर्‍याउने छ ।

बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ । नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ । दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीमा २०७५ सालमा नै हस्ताक्षर भइसकेको छ । सम्झौता अनुसार, प्राधिकरणले वर्षायाममा बिजुली बिक्री गरेर रु एक अर्ब २३ करोड बराबर आम्दानी हुने प्रक्षेपण गरेको छ ।

बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले निर्माण गर्न लागेको नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुने पाँच सय मेगावाट बिजुली लैजान इच्छा व्यक्त गरेको छ । विद्युत् बिक्रीसम्बन्धी सम्झौताका विषयमा पटकपटक छलफल भए पनि अन्तिम निष्कर्ष भने निस्कन सकेको छैन ।

यस्तै, सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण र विकासका लागि प्राधिकरण र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम निर्माण गर्ने समझदारी २०८० जेठ २ गते सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको पाँचौं बैठकले गरिसकेको छ । सोही बैठकले दुई देशबीच विद्युत् व्यापारका लागि अन्तरदेशीय प्रसारण लाइनका सम्भाव्य विकल्पको अध्ययन गर्न प्राविधिक टोलीलाई निर्देशन दिने निर्णय गरेको थियो ।

दुई देशका ऊर्जा सचिवस्तरीय संयन्त्रको पहिलो बैठक २०७५ मङ्सिर १७ र १८ मा काठमाडौंमा सम्पन्न भएको थियो । सोही बैठकमा नेपालको बिजुली बङ्गलादेश लैजान सहजीकरण गर्ने विषयमा प्रारम्भिक छलफल भएको थियो ।

२०७५ साउन २५ गते तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बङ्गलादेशका विद्युत् ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदबीच विद्युत् क्षेत्रमा द्विपक्षीय सहकार्य सुरुआत गर्ने प्रयोजनार्थ एक समझदारीमा हस्ताक्षर भएको थियो ।

सोही समझदारीपछि दुई देशका ऊर्जा सचिवस्तरीय संयन्त्रको बैठक नियमित बस्दै आएको छ । हाल प्राधिकरणले भारतलाई मात्रै बिजुली निर्यात गर्दै आएको छ ।

 

nactional life
Corporatebazar 11 Anniversary

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:१७

काठमाडौँ । सरकारले आगामी एक दशकलाई ‘आर्थिक रूपान्तरणको दशक’ घोषणा...

अन्तर्राष्ट्रिय मापदण्डमा जाँदै नेपाली पूँजी बजार: धितोपत्र नियमन र नेप्सेमा व्यापक हेरफेरको तयारी

अन्तर्राष्ट्रिय मापदण्डमा जाँदै नेपाली पूँजी बजार: धितोपत्र नियमन र नेप्सेमा व्यापक हेरफेरको तयारी

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०३

काठमाडौं । नेपालको पूँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ...

बजेट लेखनमा बालुवाटारको ‘सरप्राइज’ सक्रियता: अर्थ मन्त्रालय अलमलमा, पोर्टलमा सुझावको ओइरो

बजेट लेखनमा बालुवाटारको ‘सरप्राइज’ सक्रियता: अर्थ मन्त्रालय अलमलमा, पोर्टलमा सुझावको ओइरो

वि.सं.२०८३ वैशाख २७ आइतवार २१:३३

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको अन्तिम...

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४९

काठमाडौँ । नेपाल उद्योग परिसंघ (CNI) ले आगामी आर्थिक वर्ष...

भन्सारमा लाइन बस्नुपर्ने झन्झट अन्त्य, विदेशी सवारीका लागि ‘अनलाइन टीआईभी’ प्रणाली सुरु

भन्सारमा लाइन बस्नुपर्ने झन्झट अन्त्य, विदेशी सवारीका लागि ‘अनलाइन टीआईभी’ प्रणाली सुरु

वि.सं.२०८३ वैशाख २२ मंगलवार २०:३४

काठमाडौ‌ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने...

एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले

एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ वैशाख २१ सोमवार १३:१६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई करिब १०० अर्ब डलरको...