back

वित्तीय पहुँच बढाउन स्ट्यान्डर्ड चार्टड र एशियाली विकास बैंकले गरे छिमेक लघुवित्तसँग साझेदारी

#standardbank

काठमाडौं । नेपालमा वित्तीय पहुँच बढाउन तथा वित्त समावेशीकरणलाई तीव्र रुपमा विस्तार गर्ने उद्देश्यले, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र एशियाली विकास बैंकले छिमेक लघुवित्त वित्तसँग ऐतिहासिक अनफन्डेड जोखिम साझेदारी गरेका छन् ।

यस अनफन्डेड जोखिम साझेदारी सम्झौताले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच अभिवृद्धि गर्दै, महिला र सीमान्तकृत समुदायलाई आर्थिक रुपमा सशक्त बनाउने विश्वास गरिएको छ।

एडिबिको निजी क्षेत्रको अपरेशन अन्तर्गत सुरु गरिएको यस साझेदारीले ग्रामीण क्षेत्रमा महिलाहरुलाई ऋण सुविधा प्रदान गरी समाजमा रहेको वित्तीय असमानता हटाउनुका साथै उनीहरुलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ ।

एडिबिको माइक्रोफाइनान्स कार्यक्रमले गरिबीलाई जरोदेखि सम्बोधन गर्दै महिलाहरूका लागि अवसरहरूको ढोका खोल्ने एडिबिका देश निर्देशक अर्नो कोचोइसले बताए । यस्तै यो कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वरोजगार अभिवृद्धि गर्न र उपभोक्ता सुरक्षालाई विशेष ध्यानमा राखेर वित्तीय सुविधा उपलब्ध गराउने छिमेक लघुवित्तका सीईओ दीपक निधि तिवारीले बताए ।

“हाम्रो अन्तर्राष्ट्रिय नेटवर्कको सदुपयोग गर्दै नविन वित्तीय समाधानहरू प्रस्तुत गर्न हामी प्रतिबद्ध छौं, र यो साझेदारीले हाम्रो समुदायलाई थप सशक्त बनाउनेछ।” , स्ट्यान्डर्ड चार्टड नेपालका सीईओ अनिर्वाण घोष दस्तिदारले भने ।

यो कार्यक्रमले नेपालको ग्रामीण क्षेत्रका ५,००० भन्दा बढी महिला उद्यमीहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने अनुमान गरिएको छ। यसले महिला सशक्तिकरणको यात्रालाई थप मजबुत बनाउँदै ग्रामीण क्षेत्रको समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...