back

वाणिज्य बैंकहरुले बेस रेट घटाए, कुनको कति ?

nactional life

काठमाडौं । देशमा संचालित २० राष्ट्रिय वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) घटाएको छ । वाणिज्य बैंकहरूको आधारदर (बेसरेट) असोज महिनामा पनि ०.२२ प्रतिशत बिन्दुले घटेको छ ।

हाल बैंकहरुको आधार दर ६ प्रतिशतमा झरेको छ । संचालित २० वटै बैंकहरुको आधार दर आर्थिक वर्षको सुरुवाती महिना साउन देखि नै घटीरहेको छ ।

आधार दरसँगै कर्जाको ब्याजदर समेत घटेको छ । आधार दर बढ्दा कर्जाको ब्याजदर पनि बढ्छ, आधार दर घटेको खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ । बैंकहरुको आधार दर अनुसार नै ऋणको ब्याज सस्तो र महँगो हुने संकेत गर्दछ । कम आधार दर भएका बैंकबाट ऋण लिँदा सस्तो ब्याज पर्न जान्छ । आधार दर घट्दा पुराना ऋणी र नयाँ ऋण लिने ग्राहकलाई कर्जाको ब्याजभार कम हुन्छ ।

असोजमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधार दर ६.०३ प्रतिशत कायम भएको छ। यता, राष्ट्रिय वाणिज्य बैंकको आधार दर पनि ६.३७ प्रतिशत बिन्दुमा झरेको छ । यी दुई बैंकसहित १४ वटा बैंकको आधार दर ८ प्रतिशत तल छ ।

असोजका लागि नेपाल बैंकको ७.२८ प्रतिशत, नबिलको ७.२४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.४९ प्रतिशत, एभरेष्ट बैंकको आधार दर ७.०४ प्रतिशत, , ग्लोबल आइएमईको ७.४७ प्रतिशत कायम भएको छ ।

त्यसैगरी एनएमबिको ७.७२, सिद्धार्थको ७.७४ प्रतिशत, प्रभुको ७.७७, माछापुच्छ्रेको ७.८ प्रतिशत, नेपाल एसबिआईको ७.९१ प्रतिशत, लक्ष्मी सनराइजको ८.१७ प्रतिशत, सिटिजन्स बैंकको ८.२५ प्रतिशत, प्राइम कमर्सियलको ८.३५ प्रतिशत, हिमालयनको ८.३९, कुमारीको ८.४६ र एनआइसी एशिया बैंकको ९.०६ प्रतिशत, कृषि विकास बैंकको आधार पनि ७.६४ प्रतिशत, सानिमाको ७.६५ प्रतिशत रहेको रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिद्धार्थ बैंकको सहयोगमा भूकम्प प्रभावित विद्यालय पुनर्निर्माण

सिद्धार्थ बैंकको सहयोगमा भूकम्प प्रभावित विद्यालय पुनर्निर्माण

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:१९

काठमाडौं । सिद्धार्थ बैंकको आर्थिक सहयोगमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१,...

अन्तर बैंक ब्याजदर नियन्त्रणमा ‘स्थायी निक्षेप सुविधा’ सर्वोत्कृष्ट औजार, दैनिक प्रयोगले वित्तीय बजार सन्तुलित

अन्तर बैंक ब्याजदर नियन्त्रणमा ‘स्थायी निक्षेप सुविधा’ सर्वोत्कृष्ट औजार, दैनिक प्रयोगले वित्तीय बजार सन्तुलित

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:१५

काठमाडौँ । नेपालको बैंकिङ प्रणालीमा अन्तर बैंक ब्याजदर नियन्त्रण र...

एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्न, ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित

एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्न, ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित

वि.सं.२०८३ जेठ १८ सोमवार १७:५३

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको २८औं वार्षिक साधारण सभा...

कर्णाली विकास बैंकका निक्षेपकर्ताद्वारा बैंकको कार्यालय घेराउ

कर्णाली विकास बैंकका निक्षेपकर्ताद्वारा बैंकको कार्यालय घेराउ

वि.सं.२०८३ जेठ १८ सोमवार १६:३९

नेपालगञ्ज (बाँके) । कर्णाली विकास बैंकमा जम्मा गरेको रकम फिर्ता...

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड लगानी सुनिश्चित

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड लगानी सुनिश्चित

वि.सं.२०८३ जेठ १७ आइतवार १४:१३

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो लगानी पोर्टफोलियो विविधिकरण गर्ने...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

वि.सं.२०८३ जेठ १७ आइतवार १२:४१

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले...