back

यस्ता छन् टेलिकमले चाडपर्व लक्षित गरि ल्याएको भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरु

काठमाडौं । नेपाल टेलिकमले दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दशैं अफर २०८१ उपलब्ध गराएको छ ।

टेलिकमले आज अर्थात् असोज १३ गतेदेखि सुरु भएको अफर अन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरु उपलब्ध छन् ।

 

अफर अन्तर्गत साविकका एफटीटीएचका प्याकेजहरुमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराईएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटारकम्बो प्याकेजहरुमा ५० प्रतिशत सम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्याण्डविथ कायम गरिएको छ ।

यो अफर उल्लेखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवम् प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ । साथै एफटीटीएच नयाँ जडानमा जडान शूल्क ५०० रुपैयाँ मिनाहा समेत गरिएको छ । यो अफर आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुनेछन् ।

यसै गरी दशैं अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि ७९९ रुपैयाँमा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधा सहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ ।

साथै २५० रुपैयाँमा १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको १००० मिनेट अल नेट भ्वाइस कल अफर र ९९ रुपैयाँमा १००० अन नेट एसएमएस सुविधाको १००० अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।

आगामी कार्तिक २३ गतेसम्म आफ्नो मोबाइलबाट *1415*6# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

वि.सं.२०८३ साउन १९ मंगलवार १९:०५

काठमाडौं । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान...

राष्ट्र बैंकको सञ्चालक समिति महिला सहित सात जनाकाे हुने

राष्ट्र बैंकको सञ्चालक समिति महिला सहित सात जनाकाे हुने

वि.सं.२०८३ साउन १९ मंगलवार १३:१९

काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समिति महिला सहित सात...

सुन सामान्य घट्दा चाँदीको मूल्यमा वृद्धि

सुन सामान्य घट्दा चाँदीको मूल्यमा वृद्धि

वि.सं.२०८३ साउन १९ मंगलवार ११:४४

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

वि.सं.२०८३ साउन १८ सोमवार ११:१६

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ...