back

सिटिजन्स डिजिटल महिना, प्रत्येक कारोबारमा ‘क्यासब्याक’

काठमाडौं । कोरोना महामारीपछि डिजिटलाइजेशनले ठूलो फड्को मार्‍यो । विगतमा कुनै बैठक तथा छलफल गर्नुपर्‍यो भने भौतिक उपस्थिति अनिवार्य थियो । तर, पछिल्लो समय जुम, टिमलगायत विभिन्न अनलाइन माध्यमबाट सामूहिक छलफल हुँदै गरेका छन् । डिजिटल माध्यमको विकासले लागतसँगै समयको पनि बचत भएको छ । डिजिटलको भ्यालू दिनप्रतिदिन बढ्दै गएपछि बैंकहरू पनि यसतर्फ मोडिएका छन् ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा कुनै पनि काम गर्नुपर्दा डिजिटल माध्यमलाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन् । बैंकको आन्तरिक प्रणालीमा भइरहने कागज प्रिन्टदेखि डकुमेन्टमा हस्ताक्षरका काम डिजिटलबाटै हुन थालेका छन् । जबकि विगतमा कुनै डकुमेन्टमा हस्ताक्षर गर्नुपर्‍याे भने शाखा कार्यालयबाट केन्द्रीय कार्यालयमा पुग्नपर्ने बाध्यता थियो । तर, त्यो झण्झटबाट मुक्त हुँदै शाखा कार्यालयबाटै आन्तरिक काम पनि भइरहेका छन् । जसको प्रभाव बैंकको लागत र समयमा परेको देखिन्छ ।

साथै कुनै ऋणीलाई कर्जा चाहिएमा बैंकको शाखा कार्यालयमा जानुपर्ने अवस्था पनि निरन्तर कम भइरहेको छ । बैंकले कर्जा प्रवाह प्रक्रियामा ठूलो लगानी गरेर सफ्टवेयर सञ्चालनमा ल्याएको छ । कर्जासम्बन्धि सबै काम पनि डिजिटल माध्यमबाट हुने गरेको छ । ग्राहकलाई पनि डिजिटलमा रूपान्तरण गर्न बैंकले धेरै काम गरिरहेको छ । ग्राहकले बैंकमा नआई घरबाटै सेवा लिन सकिने गरी बैंकका प्रणाली डिजिटलाइजेशन भएका छन् ।

ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहित गर्न सिटिजन बैंकले असोज महिनामा बृहत्तर योजना ल्याएको छ ‘सिटिजन्स डिजिटल महिना अर्थात सिटिजन्स डिजिटल मन्थ’ । बैंकका डिपोजिट मार्केटिङ हेड पारस विक्रम थापाका अनुसार डिजिटल प्रमोनसनका लागि बैंकले लाखौं रुपैयाँ बजेट छुट्याएको छ ।

‘बैंकका ग्राहकलाई डिजिटल कारोबारमा बानी बसाल्ने मुख्य उद्देश्य हो, निक्षेप संकलनका लागि मात्रै नभई ग्राहकलाई डिजिटलमैत्री बनाउन पनि अफर ल्याएका हौं,’ उनले भने ।

खाता खोलेपछि डिजिटलबाट कारोबार गराउने उद्देश्य बैंकको रहेको थापाको भनाइ छ । उनका अनुसार १८ लाख खाता छन् । तर, सबै खातामा सक्रिय कारोबार भइरहेका छैन । त्यसैले डिजिटल कारोबारमा प्रोत्साहन गर्न डिजिटल मन्थ योजना ल्याएको उनले बताए । सिटिजन्स बैंकमा ७५ प्रतिशत कारोबार डिजिटल माध्यमबाट हुने गरेको उनले जानकारी दिए ।

‘यी योजना निरन्तर चलिरहन्छन् । तर, क्यासब्याकको सुविधा भने असोजमा मात्रै हो । यस्ता अफरहरू अन्य चाडपर्वको समयमा पनि ल्याउँछौं, लगत्तै तिहारमा पनि अन्य अफर आउन सक्छन्,’ थापाले भने ।

डिजिटल लन्ज

बैंकले केन्द्रीय कार्यालयमा स्मार्ट हब सञ्चालनमा ल्याएको छ । जसमा एटीएम मेसिन, क्यास डिपोपजट मेसिन र चेक डिपोजिट मेसिन सञ्चालनमा छन् । चेक डिपोजिट र क्यास डिपोजिट गर्न अब काउन्टरमा लाइन लागिरहनु पर्दैन । यी मेसिन २४औं घण्टा खुला रहन्छन् । जतिबेला ग्राहकलाई सहज हुन्छ त्यही बेला गएर चेक र क्यास डिपोजिट गर्न सकिन्छ । क्यास डिपोजिट भने ५ सय र १ हजार रुपैयाँका नोट मात्रै जम्मा गर्न सकिन्छ ।

दशैं क्याम्पेन

दशैंको समयमा अधिकांश मान्छे कर्मभूमि छाडेर जन्म घर जान्छन् । बैंकले दशैंमा मोबाइल बैंकिङ प्रयोग गरेर हवाईजहाजको टिकट काट्दा ४ सय रुपैयाँ फिर्ता दिने भएको छ । ‘दशैंको लहर, सिटिजन्ससँग घर जाने रहर’ नाराका साथ यो अफर ल्याएको हो । उक्त अफर असोज ६ गतेदेखि लागू भएर असोज १७ गतेसम्म कायम रहने थापाले बताए ।

सिटिजन्स डिजिटल दक्षिणा

विगतमा नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट वितरण गर्थ्याे । तर, यसपटक भने राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भएको छ । त्यसैले बैंकले डिजिटल माध्यमबाटै दक्षिणा दिन प्रोत्साहित गर्न डिजिटल दक्षिणा योजना ल्याएको हो । मोबाइल बैंकबाट क्यूआर स्क्यान गरी दक्षिणा दिँदा १ सय रुपैयाँ फिर्ता पाउनेछन् । तर, दक्षिणा रकम भने न्यूनतम ५ सय रुपैयाँ हुनुपर्नेछ । जस्तो सिटिजन्स बैंकको मोबाइल बैंकिङबाट ५ सय रुपैयाँ दक्षिणा दियो भने १ सय रुपैयाँ फिर्ता पाइनेछ । यो अफर टीकाको दिनदेखि सुरु भएर दशैं नसकिँदासम्म सञ्चालन रहने मार्केटिङ हेड थापाकाे भनाइ छ ।

मोबाइल बैंकिङ कारोबार

दशैं नजिकै आइसकेको छ । अधिकांश मान्छे दशैंका लागि सपिङ पनि गरिरहेका छन् भने सपिङ गर्ने योजना पनि बनाइरहेका छन् । सपिङ गर्दा सिटिजन्स बैंकको मोबाइल बैंकिङबाट कारोबार गर्‍याे भने १० प्रतिशत अथवा १ सय रुपैयाँसम्म फिर्ता दिनेछ । ‘दशैंमा डिजिटल कारोबार, सिटिजन्स बैंकको क्यास ब्याकको बहार’ नारा रहेको यस योजनामा कसैलाई रकम पठाउनुपर्‍याे भने पनि क्यास ब्याक पाइनेछ । यो अफर असोज १ गतेदेखि असोज ३० गतेसम्म कायम लागू हुनेछ । मोबाइल बैंकिङ, फण्ड ट्रान्सफर र मोबाइल टपअप गर्दा यो लागू हुनेछ ।

डिजिटल कार्ड

यसपालीको दशैंमा बैंकले डिजिटल कार्ड प्रयोगकर्ताका लागि पनि स्किम ल्याएको छ । ‘चलाऊँ सिटिजन्स काड, पाऊँ क्यासब्याकको उपहार’ नारा रहेको यस स्किममा दशैं अवधिभर कार्ड प्रयोग गरेर कारोबार गर्दा बैंकले २ सय रुपैयाँ फिर्ता दिने डिपोजिट मार्केटिङ हेड थापाले बताए ।

क्यूआर टेलर

रकम झिक्न शाखा कार्यालयमा जाँदा चेक छुट्यो भने अब चिन्ता लिनुपर्दैन । किनभने बैंकको क्यूआर टेलरमा स्क्यान गरी नगद झिक्न सकिन्छ । जसरी मर्चेन्ट वा पसलमा गएर क्यूआर स्क्यान गरेर रकम माग्न सकिन्छ, त्यसैगरी बैंकको शाखा कार्यालयमा गएर नगद झिक्न सकिन्छ । क्यूआर टेलरबाट कारोबार पाऊँ उपहार नै उपहार नाराका नारा रहेको यस स्किम असोज ६ गतेदेखि असोज ११ गतेसम्म उपत्यकाभित्र लागू हुनेछ । साथै उपत्यका बाहिर भने असोज १३ गतेदेखि असोज १८ गतेसम्म लागू हुनेछ ।

मोबाइल बैंकिङ सक्रिय

कतिपय ग्राहकले मोबाइल बैंकिङको सुविधा लिएका छन् । तर, उनीहरू सक्रिय रूपमा कारोबार गर्दैनन् । उनीहरूका लागि बैंकले ‘पहिलो कारोबार सिटिजन्ससँग, ग्राहक सबै दंग’ स्किम ल्याएको छ । डिजिटलमा कारोबारमा प्रोत्साहित गर्न र निष्क्रिय रहेका ग्राहकलाई सक्रिय गराउन यो येजना ल्याएको हो । निष्क्रिय रहेका ग्राहकले पहिलो कारोबार गर्दा १० प्रतिशत अर्थात् १ सय रुपैयाँ छुटको व्यवस्था गरेको छ । यो स्किम असोज महिनाभरि लागू हुनेछ । साथै मोबाइल बैंकिङ नवीकरण गर्ने ग्राहकले १५० रुपैयाँसम्म छुट पाउने छन् ।

डिजिटल रेमिट्यान्स

मोबाइलबाटै रेमिट्यान्स प्राप्त गर्न सकिने गरी पनि बैंकले रेमिट्यान्स अफर ल्याएको छ । यदि विदेशबाट रेमिट्यान्स पठाएको छ भने मोबाइल बैंकिङबाटै बैंक खातामा ल्याएमा १ सय रुपैयाँ फिर्ता गर्ने बैंकले जनाएको छ । ‘पाऊँ विदेशबाट पठाएको पैसा घर बसीबसी, सिटिजन्सले अझै पैसा थप्दा झन् खुसी’ नाराका साथ यो स्किम असोजभरि लागू हुनेछ ।

स्मार्ट बचत

बैंकको स्मार्ट बचत खाता खोल्दा कागज चाहिँदैन । चेकबुकलगायत अन्य कुनै पनि किसिमका प्रिन्टिङ पेपर पनि बैंकले दिँदैन । यो खाता खोल्दा मोबाइल, इन्टरनेट बैंकिङ र कार्डमा पहिलो वर्ष नि:शुल्क हुनेछ । दोस्रो वर्षदेखि ५० प्रतिशत कम हुनेछ । बैंकले यस योजनालाई ग्रनी प्रडक्टमा रूपमा अघि सारेको छ । यस खाताका ग्राहकहरूको नाममा बैंकले वृक्षारोपण पनि गरिसकेको छ । असोजमा स्मार्ट बचत खाता खोल्नेहरूलाई बैंकले १ सय रुपैयाँ फिर्ता दिनेछ भने लक्की ड्र विजेतालाई पुरस्कारको व्यवस्था रहेको छ । जसमा प्रत्येक प्रदेशबाट २/२ जनालाई अवसर रहेको छ ।

बैंकले यी अफरका साथै अन्य विभिन्न स्किम पनि ल्याएको छ । भर्चुअल क्रेडिट कार्डमा पनि क्यासब्याकको सुविधा रहेको छ । ग्राहकसँगै बैंकले कर्मचारीलाई पनि प्रोत्साहित गर्न अफरको व्यवस्था गरेको छ । डिजिटलमा राम्रो गर्ने शाखालाई बैंकले रिवार्डको व्यवस्था गरेको बैंकको भनाइ छ ।

 


ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

वि.सं.२०८२ असार २२ आइतवार १२:२३

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज २०८२...

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

वि.सं.२०८२ असार ५ बिहीवार २०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता...

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

वि.सं.२०८२ असार ५ बिहीवार २०:१०

काठमाडाैं । असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

वि.सं.२०८२ जेठ २२ बिहीवार १०:५८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर...

बैंकिङ्ग निक्षेप स्थिर, कर्जा प्रवाहमा वृद्धि

बैंकिङ्ग निक्षेप स्थिर, कर्जा प्रवाहमा वृद्धि

वि.सं.२०८२ जेठ १८ आइतवार १५:२९

काठमाडौं । पछिल्लो समय बैंकिङ्ग निक्षेप स्थिर रहेको छ ।...