ह्वाइट फेदर्स ज्वेलरीबाट गहना किन्दा आईफोन १६ जित्ने मौका
वि.सं.२०८१ असोज १३ आइतवार
काठमाडौं । दशैँ, तिहार भनेको गरगहना खरिद गर्ने समय पनि हो । हाम्रा परम्परा र संस्कृतिमा सुनचाँदीका गरगहना अनिवार्य जस्तै छन् ।
पछिल्लो समय सुनको भाउ बढेको अवस्थामा ग्राहकहरुलाई सुनचाँदी तथा हिराका गरगहना खरिदमा सहुलियत प्रदान गर्ने उदेश्यले काठमाडौँको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले दशैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजना ल्याएको छ ।
योजना अन्तर्गत २४ क्यारेट सुनका गरहगना बनाउँदा ग्राहकहरुले जर्तीको शुल्क तिर्नुपर्ने छैन भने ज्याला पनि जम्मा ५ प्रतिशत मात्रै तिरे पुग्नेछ । मंसिर ३ गतेसम्म चल्ने उक्त योजनामा डायमण्डका गरगहनामा ५० प्रतिशत छुट दिइने ज्वेलरीले जनाउको छ ।
यस्तै, चाँदीका भाडावर्तनमा प्रतितोला १२० रुपैयाँ ज्याला मात्रै लाग्ने छ । सामान्यतया, चाँदीका भाडावर्तनमा प्रतितोला २ सय रुपैयाँ ज्याला लाग्ने गर्दछ । २ महिने योजनामा बम्पर उपहार अन्तर्गत एक जना भाग्यशाली बिजेताले आइफोन १६ जित्ने मौका पनि पाउनेछन् ।
यसका लागि २ महिनामा कम्तीमा २ पटक गरगहना खरिद गरेको हुनुपर्नेछ । २ महिनामा २ पटक ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्ने ग्राहक मध्येबाट लक्की ड्रमार्फत बिजेता छनोट गरिने ज्वेलरीका संस्थापक स्किनर रसाइलीले बताए ।
यस्तै, प्रत्येक महिना १ जोडी (दम्पत्ति)लाई लक्की ड्रमार्फत चितवन वा पोखराको टूर प्याकेज उपलब्ध गराइनेछ ।
यस अन्तर्गत २ महिनामा २ दम्पत्तिले यो अफर पाउनेछन् । यस्तै, प्रत्येक महिना १ दम्पत्तिलाई लक्की ड्रमार्फत नै पाँचतारे होटलमा ‘वान नाइट स्टे’समेत प्रदान गरिनेछ। २ महिनासम्म चल्ने यस अफर योजनाअन्तर्गत २ महिनामा २ दम्पत्तिले यो मौका पाउनेछन् ।
यसैगरि, प्रत्येक महिना प्रतिष्ठित नेपाली जुत्ता ब्राण्ड ‘योलो’को तर्फबाट २ जना सेवाग्राहीले आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन् ।
प्रकाशित समय : १६:१८ बजे





















