back

बाढीपहिरोले कालीमाटीमा दोब्बरले बढ्यो तरकारीको भाउ,कुनको कति पूग्यो ?

nactional life

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोले कालीमाटीमा तरकारी महँगिएको छ ।

पहिरोले राजमार्ग अवरुद्ध हुँदा कालीमाटीमा तरकारीको आपूर्ति हुन सकेको छैन । साथै मौज्दात तरकारीमा समेत क्षति पुगेपछि कालीमाटीमा आइतबार अधिकांश तरकारी महँगिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सानो गोलभेँडा, लौका, हरियो फर्सी, इस्कुस, पालुगो साग, तोरीको सागको भाउ दुई दिनमै दोब्बर भएको छ । प्याज, बन्दा, काउली, मुला, बोडी, तिते करेला, लौका, घिरौंला, हरियो फर्सी, इस्कुस, साग लगायत सबैजसो तरकारीको भाउ उच्च दरले महँगिएको छ ।

समितिका अनुसार आइतबार भारतीय ठूलो गोलभेँडा प्रतिकिलो अधिकतम १२० रुपैयाँ छ ।

त्यस्तै सानो गोलभेँडा ८०, टनेल गोलभेँडा १००, रातो आलु ८२, भारतीय प्याज १२२, स्थानीय काउली १५०, तने बोडी १२०, घिउ सिमी १००, तिते करेला १२०, लौका १००, घिरौंला १४०, रायो साग १५०, पालुगो साग २००, तोरीको साग १००, कन्य च्याउ १८०, डल्ले च्याउ ३२० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

केही दिनअघिसम्म प्रतिकिलो ३० रुपैयाँ रहेको इस्कुस ६० रुपैयाँ पुगेको छ । स्थानीय बन्दा ९०, पाकेको फर्सी ५०, हरियो फर्सी ६० रुपैयाँ प्रतिकिलो पुगेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कन्सुलर सेवालाई प्रविधिमैत्री बनाउँदै सरकार, ‘मोफा मित्र’ एपको शुभारम्भ

कन्सुलर सेवालाई प्रविधिमैत्री बनाउँदै सरकार, ‘मोफा मित्र’ एपको शुभारम्भ

वि.सं.२०८३ जेठ १२ मंगलवार १८:२५

काठमाडौं । कन्सुलर सेवा विभागद्वारा कन्सुलर सेवा प्रवाहलाई थप सहज,...

कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

वि.सं.२०८३ जेठ १२ मंगलवार १६:४१

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीका १६ लाख नागरिकको विपद्...

झापाको फोहोर व्यवस्थापन आयोजना ’कबाडीखाना’ मा परिणत भएको छ :सांसद ओली

झापाको फोहोर व्यवस्थापन आयोजना ’कबाडीखाना’ मा परिणत भएको छ :सांसद ओली

वि.सं.२०८३ जेठ १२ मंगलवार १४:४१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले झापाको कनकाई...

उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग

उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग

वि.सं.२०८३ जेठ १२ मंगलवार १४:२४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार...

काठमाडौंमा बर्ड फ्लु देखियो : नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौंमा बर्ड फ्लु देखियो : नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन आग्रह

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:२६

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन...

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४३

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को...