नेप्से परिसूचक ३२.८१ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ८४ करोड
वि.सं.२०८१ असोज १० बिहीवार
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२.८१ अंकले घटेर २४८६.६७ को बिन्दुमा रोकिएको छ ।
बिहीबार ३ सय २२ कम्पनीको १ करोड ३६ लाख ९१ हजार ५ सय ९६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७२० रुपैयाँको कारोबार भएको छ ।
त्यसैगरी अपि पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४७ करोड ९९ लाख ६७ हजार २२४ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता २ सय ८४.१० रुपैयाँ रहेको छ ।
यस दिन ३९ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ भने विन लेपाल लघुवित्तको सेयर मूल्य ९.८५ प्रतिशतले बढेको छ भने ग्रिन भेञ्चर लिमिटेडको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।
प्रकाशित समय : १५:१३ बजे





















