back

आइएमएफद्वारा पाकिस्तानका लागि ७ अर्ब ऋण स्वीकृत

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पाकिस्तानको कमजोर अर्थतन्त्रलाई राहत दिनका लागि सात अर्ब अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

तीन वर्षे ऋण कार्यक्रमअन्तर्गत पाकिस्तानी अर्थतन्त्रलाई बलियो बनाउन जारी प्रयासलाई समर्थन गरी आर्थिक वृद्धिका मार्गहरु सिर्जना गर्न अब्बल आर्थिक नीति र सुधारहरू आवश्यक पर्ने आईएमएफले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

आएएमएफका अनुसार पाकिस्तान गत जुलाईमा उक्त सम्झौतामा सहमत भएपछि ऋण स्वीकृत भएको हो ।

बुधबार न्यूयोर्कमा राष्ट्रसङ्घको महासभामा बोल्दै प्रधानमन्त्री शाहबाज सरिफले साउदी अरब, चीन र संयुक्त अरब इमिरेट्सको समर्थनका कारण सम्झौता भएको बताताको छ ।

वार्ताको अन्तिम चरणमा आईएमएफका सर्तहरू चीनसँग सम्बन्धित थिए । चिनियाँ सरकारले यस अवस्थामा समर्थन गरेकोमा उहाँले आभार व्यक्त गरे । लामो समयदेखि राजनीतिक र आर्थिक सङ्कटको चक्रमा फसेको पाकिस्तानले कुल २५० अर्ब डलरभन्दा बढी ऋण जम्मा गरेको आइएमएफको पछिल्लो प्रतिवेदनले जनाएको छ ।

आइएमएफका अनुसार पाकिस्तानको लगभग ४० प्रतिशत ऋण विदेशी मुद्रामा बाह्य ऋणदाताहरूलाई तिर्न बाँकी छ । रिपोर्टअनुसार यसको सबैभन्दा ठुलो एकल विदेशी ऋणदाता चीन र चिनियाँ वाणिज्य बैङ्कहरू हुन् ।

सन् २०२२ को विनाशकारी मनसुन र बाढीका साथै विश्वव्यापी आर्थिक मन्दीपछि राजनीतिक अराजकताको बिचमा अर्थतन्त्र सङ्कुचित भएपछि पाकिस्तान गम्भिर आर्थिक सङ्कटबाट गुज्रिरहेको छ ।

छिमेकी देशहरूबाट अन्तिम– ऋणकासाथ आईएमएफको उद्धार प्याकेजले बचत गरेको थियो, तर उच्च मुद्रास्फीति र सार्वजनिक ऋणका कारण यसको वित्तीय अवस्था डरलाग्दो अवस्थामा रहेको छ ।

पाकिस्थानले नयाँ ऋणका लागि आईएमएफ अधिकारीहरूसँग महिनौँसम्म माग गरिरहेको थियो । सङ्कटग्रस्त ऊर्जा क्षेत्रको समाधान गरी करको वृद्धि गर्न घरेलु बिलहरू बढाउने लगायतका सुधारहरूको सर्तमा आएको थियो ।

पाकिस्तानले ‘निरन्तर सुधारका साथ आर्थिक स्थिरता पुनस्थापना गर्न महत्वपूर्ण कदम चालेको आइएमएफले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वि.सं.२०८३ साउन १७ आइतवार २०:३१

काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी नियुक्त...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

वि.सं.२०८३ साउन १७ आइतवार ०८:४१

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

वि.सं.२०८३ साउन १३ बुधवार १३:३०

धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/०८२ को...

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

वि.सं.२०८३ साउन १३ बुधवार १३:१८

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत...

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

वि.सं.२०८३ साउन १३ बुधवार १३:१६

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार...

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ साउन १२ मंगलवार १८:१५

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा...