back

धरान कृषि बजार व्यापारमा घट्दै

nactional life

धरान । धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा व्यापार घट्दै गएको छ । यसअघि दैनिक उपभोग्य वस्तु किनबेचमा ग्राहकको घुइँचो लाग्ने गरेकामा चाडपर्व नजिकिए पनि बजार सुनसान बन्दै भएको हो ।

कोरोना महामारीको समयमा भएको लकडाउनपछि व्यापार घट्दै गएको ३८ वर्षदेखि कृषि बजारमा व्यापार गर्दै आउनुभएका लालु चौधरीले बताए । “विगतका वर्षमा राम्रो व्यापारका लागि चाडपर्व पर्खनुपर्दैन थियो । अहिले दसैँ आउँनै लाग्दा पनि व्यापार छैन”, उनले भने “विसं २०७७ को कोरोना र लकडाउनपछि घट्दै गएको व्यापार चलायमान हुन सकेको छैन । कोरोना सुरु भएपछि अधिकांश व्यापारी गाउँघर फर्केकाले पनि कृषि बजारमा व्यापार घट्दै गएको छ ।”

उत्पादनमा वृद्धि भए पनि माग घट्दै गएको चौधरीले बताए । गत वर्ष दैनिक ५० क्विन्टलभन्दा बढी उपभोग्य वस्तु तथा सागसब्जी कृषि बजारमा आउने गरेको बताउँदै ३० क्विन्टल मात्र बिक्री हुने गरेको जानकारी दिए । “पहिले फूलकोपी मात्र ४० क्विन्टलसम्म आउँदा पनि पूरै बिक्री हुन्थ्यो । अहिले १०–१५ क्विन्टल पनि बिक्री हुदैन”, उनले भने ।

धनकुटा, मोरङलगायत क्षेत्रका किसानबाट गोलभेँडा, प्याज, आलु, कोपी, मुला, भटमासलगायत खाद्यान्न खरिद गरी धरान कृषि बजारबाट बिक्री गर्ने गरिएको चौधरीले जानकारी दिए । पहिले वर्षमा रु १५ लाखसम्म नाफा हुनेमा अहिले रु ११–१२ लाखसम्म हुने उनले बताए ।

किसानबाट व्यापारी बनेका धनकुटाका खेम लामिछानेले १२ वर्षदेखि कृषि क्षेत्रमा व्यापार गर्दै आएका छन् । आठ कठ्ठा जमिनमा सागसब्जी उत्पादन गर्दै आएको भन्दै कृषकबाट व्यापारी बनेपछि थप फाइदा हुँदै आएको उनले बताए । उनका अनुसार दैनिक २० क्विन्टल गोलभेँडा मात्र बिक्री हुन्छ ।

लामिछानेले भने, “गत वर्षभन्दा व्यापारमा केही कमी आएकोे छ । सागसब्जी तथा दैनिक उपभोग्य वस्तु माग अनुसार बिक्री हुने गरेको छ ।” बर्सेनि सबै खर्च कटाएर रु १० लाख नाफा हुने गरेको उनले जानकारी दिए ।

गाउँ घरमा कृषि उत्पादनमा वृद्धि भए पनि माग कम भएकाले व्यापार घट्दै गएको व्यापारी चन्डेश्वर चौधरीले बताए । उनले ३५ वर्षदेखि धरानस्थित कृषि बजारमा व्यापार गर्दै आएका छन् । गाउँमा बसोबास गर्नेको सङ्ख्यामा कमी हुनु, युवा सहर केन्द्रित तथा विदेश पलायन हुनुलगायत कारणले उपभोक्ता घट्दै गएको उनले उल्लेख गरे ।

चौधरीले भने “व्यापार घट्यो, बजारमा नयाँ सटर भाडामा लाग्न छोड्यो, पुराना सटरसमेत सबै बन्द हुने अवस्थामा छन् । व्यापार छैन, महँगी उस्तै छ ।” पहिले कृषि बजारबाट ४० क्विन्टलसम्म आलु, गोलभेँडा, प्याजलगायत हरियो तरकारी बिक्री हुनेमा अहिले २० क्विन्टलसम्म बिक्री हुने उहाँले जानकारी दिए ।

धरानमा अहिले कृषि, उद्योग र व्यापार तीनवटै क्षेत्रको योगदान घट्दै गएको कृषि उपज बजार व्यवस्थापक समितिका अध्यक्ष लक्ष्मण भट्टराईले बताए । सिजन अनुसार दैनिक उपभोग्य वस्तुको किनबेचमा वुद्धि भइरहने गरेकामा पछिल्ला केही वर्षयतादेखि व्यापारमा कमी देखिएको उनको भनाइ छ ।

अध्यक्ष भट्टराईले भने, “अहिले जति मात्रामा बिक्री हुनुपर्ने हो त्यति भएको छैन । मानिस सहर तथा विदेश पस्न थालेका छन्, उपभोक्ताको कमीले यो अवस्था आएको हो ।” तराईका ग्रामीण क्षेत्र तथा पहाडी भेगबाट ठूलो सङ्ख्यामा व्यापारीे किनबेचका लागि धरान आउने गरेकामा अहिले ४० प्रतिशत कमी आएको उनले जानकारी दिए ।

“अहिले पहाडी भेगका प्रत्येक गाउँमा सडक विस्तार भएसँगै तराईका व्यापारी सिधैँ गाडीमार्फत त्यहाँ जाने र सामग्री ल्याउने गरेकाले पनि व्यापारमा कमी आएको हो”, अध्यक्ष भट्टराईले भने । उनका अनुसार धरान कृषि उपज बजारबाट प्रत्येक वर्ष रु पाँच अर्ब बराबरको दैनिक उपभोग्य सामग्रीको कारोबार हुन्छ ।

कृषि बजारमा पहाडी क्षेत्रका साथै भारत, चीन, बङ्लादेश, भुटान र तराईका विभिन्न ठाउँबाट उपभोग्य वस्तु आउने गरेको बजार व्यवस्थापक समितिका अध्यक्ष भट्टराईले जानकारी दिए । “पहाडी भेगबाट अहिलेको सिजनमा हरियो सागसब्जी आउने गरेको छ । भारतबाट आलु, प्याज र फलफूल, बङ्लादेश तथा भुटानबाट आलु, चीनबाट च्याउ र लसुन ल्याउने गरेका छौँ”, उनले भने ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउँदै महानगर : पर्यटन प्रवद्र्धनमा नयाँ नीति र कार्यक्रम

काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउँदै महानगर : पर्यटन प्रवद्र्धनमा नयाँ नीति र कार्यक्रम

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति...

सहकारी क्षेत्रको प्रवद्र्धनमा सरकार सहयोगी, हस्तक्षेपकारी होइन : सचिव भुजेल

सहकारी क्षेत्रको प्रवद्र्धनमा सरकार सहयोगी, हस्तक्षेपकारी होइन : सचिव भुजेल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:१४

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव...

जमलमा फुटपाथ क्षति पु¥याएको आरोपमा कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना

जमलमा फुटपाथ क्षति पु¥याएको आरोपमा कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२५

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले वडा न.१ जमल क्षेत्रमा...

काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता 

काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता 

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०९

काठमाडौं । नेपाल पुलिस क्लव, काठमाडौं मेयर कप स्वीमिङ च्याम्पियनसिपको...

गम्हरिया पोखरी सौन्दर्यीकरण अलपत्र, ठेकेदारसँग स्पष्टीकरण माग्दै ठेक्का रद्द प्रक्रियामा खडक नगरपालिका

गम्हरिया पोखरी सौन्दर्यीकरण अलपत्र, ठेकेदारसँग स्पष्टीकरण माग्दै ठेक्का रद्द प्रक्रियामा खडक नगरपालिका

वि.सं.२०८३ जेठ २४ आइतवार ११:०६

सप्तरी । खडक नगरपालिका वडा नं. ६ स्थित गम्हरिया पोखरी...

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक

वि.सं.२०८३ जेठ २० बुधवार १०:२९

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका...