back
Naima

सहकारीमा बचत र ऋणको ब्याजदर अन्तर ६ प्रतिशतभन्दा बढी नगर्ने, यस्ता छन् निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूलाई अनिवार्य रूपमा पालना गर्न विभिन्न सुझावसहितको निर्देशन दिएको छ ।

महानगरपालिकाको सहकारी विभागले एक सूचना जारी गर्दै सहकारी संस्था र सदस्यलाई विभिन्न काम नियमानुसार पालना गर्न निर्देशन दिएको हो ।

नक्कली ऋणी खडा गरी लगानी नगर्ने, धितो या जमानी नराखी वा न्यून धितो राखी ऋण लगानी नगर्ने, पुँजी कोषको १० प्रतिशतभन्दा बढी रकम एक सदस्यलाई लगानी नगर्ने, उद्देश्य तथा कार्यक्षेत्र विपरीत लगानी र त्यस्तो अधिकार प्रबन्धक वा अन्य पदाधिकारी वा सदस्यलाई प्रत्यायोजन नगर्ने, संस्थाको बचत रकम प्रयोग गरी व्यापारिक प्रयोजनका लागि घरजग्गाको किनबेच वा कारोबारमा लगानी नगर्न महानगरपालिकाले निर्देशन दिएको हो ।

यस्तै बचत प्रयोग गरी सेयर किनबेच प्रयोजनका लागि प्रयोग नगर्ने, उद्देश्य तथा कार्यक्षेत्र विपरीतका कार्यमा खर्च नगर्ने, विदेश अध्ययन वा यस्तै प्रयोजनमा बचत रकमको प्रयोग नगर्ने, गैरकानूनी आयात निर्यातमा बचत रकम प्रयोग नगर्ने, सदस्य बाहेकका व्यक्तिलाई ऋण लगानी नगर्ने, संस्थाले प्रदान गर्ने बचत र ऋणको व्याजदर बीचको अन्तर ६ प्रतिशतभन्दा बढी कायम नगर्ने, प्राथमिक पुँजी कोषको १५ गुणाभन्दा बढी हुने गरी बचत सङ्कलन नगर्ने महानगरपालिकाको निर्देशन छ ।

एकाघरका सदस्य र एकभन्दा बढी सहकारी संस्थाको सञ्चालक समितिमा नराख्ने, सञ्चालक समितिका ४९ प्रतिशत सदस्यहरूलाई एकैपटक ऋण लगानी नगर्ने र एकै व्यक्ति वा परिवार भित्रका व्यक्ति सञ्चालक समिति र प्रबन्धकको दोहोरो जिम्मेवारीमा नरहने गरी काम गर्न सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:१७

काठमाडौं । इलामको रोङ गाउँपालिकाले पुँजी बजारमा पहुँच विस्तार गर्ने...

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:३६

काठमाडौँ। महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र ठूलो रकमको घरजग्गा कारोबार गर्न...

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०४

काठमाडौं। काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको...

सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती

सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती

वि.सं.२०८३ साउन २१ बिहीवार २०:२७

रौतहट । सडकको नाममा हिलोको पोखरी र खाल्डैखाल्डा मात्रै देखिने...

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

वि.सं.२०८३ साउन २१ बिहीवार ११:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि...

गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख भ्रष्टाचारको मुद्दा दायर

गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख भ्रष्टाचारको मुद्दा दायर

वि.सं.२०८३ साउन १९ मंगलवार १९:२५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन...