back

विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै

काठमाडौं । बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका ठूला युद्धहरू र मध्यपूर्वमा अझ ठूलो द्वन्द्वको खतराको छायाँमा विश्व नेताहरूले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको महासभामा आफ्नो वार्षिक बैठक सुरु गर्दैछन् ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आइतबारको ‘भविष्यको शिखर सम्मेलन’ मा राष्ट्रपति, प्रधानमन्त्री, राजा र मन्त्रीहरूलाई आफ्नो प्रारम्भिक ‘स्टेट अफ द वर्ल्ड’ भाषणको पूर्वावलोकन गर्दै भने, “हाम्रो संसार लिकबाट हटिरहेको छ र हामीलाई पुनः लिकमा फर्कन कठोर निर्णयहरूको आवश्यकता छ ।”

उनले ‘मध्यपूर्वदेखि युक्रेन र सुडानसम्म भड्किरहेका र बढ्दै गएका द्वन्द्वहरूको अन्त्य देखिँदैन’ भने । उनले विश्वव्यापी सुरक्षा प्रणाली ‘भू–राजनीतिक विभाजन, आणविक शक्ति प्रदर्शन तथा नयाँ हतियार र युद्धका मैदानहरूको वृद्धिले धम्की’ मा परेको बताए।

महासचिव गुटेरेसले असमानता, उदीयमान अस्तित्वको खतरामा प्रतिक्रिया दिन प्रभावकारी विश्वव्यापी प्रणालीको अभाव र जलवायु परिवर्तनको विनाशकारी प्रभावबारे पनि चर्चा गरे ।

मङ्गलबार उद्घाटन हुने महासभाको उल्लेखनीय क्षणमा अमेरिकी राष्ट्रपति जो बाइडेनको सम्भवतः विश्व मञ्चमा अन्तिम प्रमुख उपस्थिति हुनेछ ।

राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले गत साता पत्रकारहरूलाई करिब दुई अर्ब मानिस द्वन्द्व प्रभावित क्षेत्रहरूमा बसोबास गर्ने भन्दै महासभामा अमेरिकाको ध्यान ‘युद्ध सङ्कट’ अन्त्य गर्नेमा केन्द्रित हुने बताए ।

तर उनले भने, “विश्वभरका सबैभन्दा कमजोर मानिसहरूले हामीले प्रगति गर्ने, परिवर्तन ल्याउने र उनीहरूका लागि आशाको भावना ल्याउने कुरामा भरोसा गरिरहेका छन् ।”

उद्घाटनको दिन अन्य वक्ताहरूमा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा, टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगान, जोर्डनका राजा अब्दुल्लाह द्वितीय र इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियान सहभागी हुनेछ ।

इरानी राष्ट्रपति पेजेस्कियानले सोमबार इजरायलमाथि मध्यपूर्वमा व्यापक युद्ध खोज्न र आफ्नो मुलुकलाई विस्तृत द्वन्द्वमा लैजान ‘जाल’ थापेको आरोप लगाए । उनले इजरायललाई दोष दिँदै गत साता लेबनानमा पेजर, वाकी–टाकी र अन्य विद्युतीय उपकरणहरूको घातक विस्फोटतर्फ सङ्केत गरे । साथै उनले आफ्नो सपथ ग्रहणको केही घन्टापछि जुलाई ३१ मा तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्यालाई पनि सङ्केत गरे ।

उनले भने, “हामी लड्न चाहन्नौँ, इजरायलले सबैलाई युद्धमा तान्न र यस क्षेत्रलाई अस्थिर बनाउन चाहन्छ, तिनीहरूले हामीले नचाहेको विन्दुमा हामीलाई तानिरहेका छन् ।” इरानले गाजामा हमास र लेबनानका हिजबुल्लाह लडाकूहरू दुवैलाई समर्थन गर्दछ ।

अन्तर्राष्ट्रिय उद्धार समितिका अध्यक्ष डेभिड मिलिबान्डले संयुक्त राष्ट्रसङ्घ स्थापना भएको सन् १९४५ मा सान फ्रान्सिस्कोमा आयोजित सम्मेलनलाई सम्झीए ।

तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानले प्रतिनिधिहरूलाई ‘शक्ति नै अधिकार हो’ भन्ने मान्यतालाई अस्वीकार गर्न र त्यसलाई उल्ट्याएर ‘अधिकार नै शक्ति हो’ बनाउन आग्रह गरेको थियो र यसलाई राष्ट्रसङ्घको बडापत्रमा समावेश गरिएको थियो ।

मिलिबान्डले भने, “करिब ८० वर्षपछि हामीले यो समीकरणलाई उल्ट्याउन नसक्दाको भयानक परिणाम देखेका छौँ । गाजा, सुडान र युक्रेनजस्ता सन्दर्भहरूमा शक्तिले नै अधिकार बनाइरहेको छ ।”

बढ्दो वैश्विक मानवीय आवश्यकता, अनियन्त्रित द्वन्द्व, अनियन्त्रित जलवायु परिवर्तन र बढ्दो चरम गरिबीको सामना गर्दै मिलिबान्डले विश्व नेताहरूलाई चुनौती दिँदै प्रश्न गरे, “आगामी ८० वर्षका लागि संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तहरूलाई तपाईंहरू कसरी कमजोर नभई बलियो बनाउनुहुन्छ ?”

दुई दिवसीय ‘भविष्यको शिखर सम्मेलन’ पछि आयोजना भएको महासभाको वार्षिक बैठक सेप्टेम्बर ३० मा समाप्त हुन्छ । ‘भविष्यको शिखर सम्मेलन’ ले विश्वका बढ्दो विभाजित मुलुकहरूलाई २१औँ शताब्दीका द्वन्द्वदेखि जलवायु परिवर्तन, कृत्रिम बौद्धिकता (एआई) र महिला अधिकारसम्मका चुनौतीहरूको सामना गर्न एकजुट गर्ने लक्ष्यसहितको खाका अपनाएको थियो ।

बयालीस पृष्ठको ‘भविष्यका लागि सम्झौता’ ले राष्ट्रसङ्घका एक सय ९३ सदस्य मुलुकका नेताहरूलाई प्रतिज्ञाहरूलाई वास्तविक काममा परिणत गर्न चुनौती दिन्छ । यसले विश्वका आठ अर्बभन्दा बढी मानिसको जीवनमा परिवर्तन ल्याउँछ ।

“हामी बहुपक्षवादलाई विनाशको किनारबाट फर्काउन यहाँ भेला भएका छौँ”, महासचिव गुटेरेसले भने । उनले सम्झौतालाई ग्रहण गरेर नेताहरूले ढोका खोलेको बताए । “अब यसमार्फत हिँड्नु हाम्रो साझा नियति हो, यसले सहमतिको मात्र नभई कामको पनि माग गर्दछ ।”

गत वर्षको राष्ट्रसङ्घीय वैश्विक भेलामा युक्रेन र त्यसका राष्ट्रपति भोलोदिमर जेलेन्स्की केन्द्रीय स्थानमा हुनुहुन्थ्यो । तर अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको घातक आक्रमणको पहिलो वार्षिकोत्सव नजिकिँदै गर्दा गाजामा भइरहेको युद्ध र इजरायल–लेबनान सीमामा बढ्दो हिंसामा ध्यान केन्द्रित हुने निश्चित छ । हिंसा अहिले पूरै मध्यपूर्वमा फैलिन खतरामा छ ।

प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले बिहीबार बिहान र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बिहीबार अपराह्न बोल्ने कार्यक्रम छ ।

nactional life
Corporatebazar 11 Anniversary

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १०:१५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यको नजिक...

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

वि.सं.२०८२ चैत २६ बिहीवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै...

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

वि.सं.२०८२ चैत २५ बुधवार १०:३६

काठमाडौं । ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धविरामका सर्तहरूलाई अन्तिम...

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२२

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई नजिकै कुवेतको तेल बोकेको...

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

वि.सं.२०८२ चैत १६ सोमवार १२:००

आइतबार राति इरानको राजधानी तेहरानमा दुई चरणको हवाई आक्रमण भएको...

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

वि.सं.२०८२ चैत १२ बिहीवार १२:१९

चीनले बिहीबार लङ मार्च–२डी क्यारियर रकेट प्रक्षेपण गरेको छ ।...