सुनको मूल्यले नयाँ रेकर्ड राख्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ असोज ८ मंगलवार
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।
यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रूपैयाँ नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य हालसम्मकै उच्च हुँदै १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य भने सामान्य घटेको छ । सोमबार तोलामा १ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ५ रुपैयाँ घटेर तोलामा १ हजार ९ सय १५ रुपैयाँमा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित समय : ११:५० बजे




















