back

नेपालको पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका चन्द्र प्रसाद ढकालले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रस्तुत गर्दै पर्यटन पूर्वाधारमा थप लगानीको आवश्यकता औंल्याएको छ ।

सोमबार बैंककमा आयोजित ३७औं एशियन ट्रेड प्रमोशन फोरममा बोल्दै ढकालले विदेशी लगानीकर्ताहरुलाई होटल, थीम पार्क र साहसिक पर्यटन गन्तव्यहरू जस्ता क्षेत्रमा सम्भावनाहरु रहेको जानकारी गराउनु भयो । उनले नेपालमा रिसोर्टहरूको बढ्दो मागको चर्चा गर्दै यस क्षेत्रमा साझेदारीको अवसर रहेको बताए ।

ढकालले नेपालको सूचना तथा सञ्चार प्रविधि र चलचित्र उद्योगमा लगानीका अवसरहरु रहेको कुरामा पनि जोड दिएका छन् । ढकालले हस्तकलाका उत्पादनहरू, संगीत, चलचित्र र डिजिटल कला जस्ता क्षेत्रहरूमा उल्लेखनीय वृद्धि भएको, र यसले आर्थिक विकासमा मात्र नभई नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षणमा पनि योगदान पुर्याएको कुरा जानकारी गराए ।

नेपालको सूचना तथा सञ्चार प्रविधि उद्योगमा रहेको अवसरहरूको चर्चा गर्दै ढकालले देशको युवा र ऊर्जावान जनसंख्याले यो क्षेत्रमा योगदान गरिरहेको बताए । तर, यस क्षेत्रको पूर्ण क्षमता उपयोग गर्न साना तथा मझौला उद्योगहरुका लागि वित्तीय पहुँच, क्षमता निर्माण र बजार पहुँचको खाँचो रहेको उहाँले औंल्याए ।

ढकालले नेपालले विदेशी लगानीकर्ताहरूका लागि प्रदान गर्ने रणनीतिक फाइदाहरूलाई पनि औंल्याए । उनले नेपालले हालसालै लगानी सम्बन्धी आठ कानुनहरू संशोधन गरेको र विदेशी लगानीलाई सहजीकरण गर्न द्विपक्षीय लगानी सम्झौताको संरचना पारित गरेको जानकारी दिए ।

ढकालले नेपालको जलविद्युत क्षेत्रको बढ्दो सम्भावनाको पनि चर्चा गरे । भारतले आगामी दस वर्षमा नेपालबाट १०,००० मेगावाट विद्युत् खरिद गर्ने प्रतिबद्धता जनाएको र बंगलादेशमा देखिएका नयाँ अवसरहरू पनि उनले उल्लेख गरे ।

 

 

nactional life
Corporatebazar 11 Anniversary

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

वि.सं.२०८३ जेठ ११ सोमवार १४:१९

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

वि.सं.२०८३ जेठ १० आइतवार १५:२६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य...

वार्षिक २० हजार टन कार्बन सोस्ने हरित सडक : मरुभूमि भित्रै बन्यो अद्भूत पार्क

वार्षिक २० हजार टन कार्बन सोस्ने हरित सडक : मरुभूमि भित्रै बन्यो अद्भूत पार्क

वि.सं.२०८३ जेठ १० आइतवार १४:२२

काठमाडौं । चीनको सबैभन्दा ठूलो मरुभूमि, ताक्ला मकानलाई छिचोल्ने तारिम...

सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घट्यो

वि.सं.२०८३ जेठ १० आइतवार १४:१९

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।...

खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर हटाउनुपर्ने महासंघको माग

खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर हटाउनुपर्ने महासंघको माग

वि.सं.२०८३ जेठ ७ बिहीवार १६:४६

काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ,...