back

भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताए ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय ५औँ जन्मजयन्तीमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रकवि घिमिरेको योगदानको चर्चा गरेको हो ।

“राष्ट्रकवि घिमिरेका साहित्यिक सृजना हाम्रै पाखा पखेराका नेपाली जनजीवनका भोगाई, प्रकृति, संस्कृति र मानवीय संवेदनामात्र नभई राष्ट्रिय भावनाले ओतप्रोत भएको पाइन्छ, यसले भाषा, साहित्य मात्र नभएर समग्र वाङ्मयको क्षेत्रलाई समृद्ध बनाउन र हाम्रो राष्ट्रिय स्वाभिमानको भावना अभिवृद्धि गर्न योगदान दिएको छ”, राष्ट्रपति पौडेलले भने ।

कला, भाषा, साहित्य र संस्कृति सभ्य तथा सुसंस्कृत समाजको परिचायक भएको धारणा उनले व्यक्त गरे । “यसैका माध्यमबाट एउटा समृद्ध समाज निर्माण मात्र होइन आपसमा भाइचारा, मेलमिलाप र राष्ट्रिय एकताको भावना जागृत गरी यसलाई सुदृढ र सबल बनाउन योगदान पुग्दछ भन्ने मलाई लाग्दछ, त्यसैले, राज्यले मात्र होइन जनस्तर र वाङमयप्रेमीले स्रस्टाको सम्मानमा कन्जुस्याँइ गर्न हुँदैन,” उनले भने ।

भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव, पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति भएको उनले बताए । “यिनको संरक्षण, सम्वर्द्धन र विकास गर्नु हामी सबैको कर्तव्य हो”, राष्ट्रपति पौडेलले भने ।

मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले लमजुङको भाषा, कला, साहित्य, संस्कृति, शिक्षासहित मुलुकको वाङ्मयकै विकासका लागि देखाएको क्रियाशीलता र जागरुकता अनुकरणीय भएको उनको भनाइ थियो । राष्ट्रकविको जन्मजिल्ला लमजुङमा उनको प्रतिमा बनाएर राष्ट्रकविको विहङ्गम व्यक्तित्व र कृतित्वलाई चिरस्थायी बनाउन भइरहेको प्रयासले छिट्टै सार्थकता पाउने उनले विश्वास व्यक्त गरे ।

सो अवसरमा राष्ट्रपति पौडेलले यस वर्षको राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरे। सो पुरस्कारको राशि रु एक लाख नगदसहित सम्मानपत्र रहेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

वि.सं.२०८३ जेठ ११ सोमवार १४:१९

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

वि.सं.२०८३ जेठ १० आइतवार १५:२६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य...

वार्षिक २० हजार टन कार्बन सोस्ने हरित सडक : मरुभूमि भित्रै बन्यो अद्भूत पार्क

वार्षिक २० हजार टन कार्बन सोस्ने हरित सडक : मरुभूमि भित्रै बन्यो अद्भूत पार्क

वि.सं.२०८३ जेठ १० आइतवार १४:२२

काठमाडौं । चीनको सबैभन्दा ठूलो मरुभूमि, ताक्ला मकानलाई छिचोल्ने तारिम...

सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घट्यो

वि.सं.२०८३ जेठ १० आइतवार १४:१९

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।...

खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर हटाउनुपर्ने महासंघको माग

खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर हटाउनुपर्ने महासंघको माग

वि.सं.२०८३ जेठ ७ बिहीवार १६:४६

काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ,...