सोमबार ५९ अंकले घट्यो नेप्से
वि.सं.२०८१ असोज ७ सोमवार
काठमाडौँ । शेयर कारोबारको दोस्रो दिन आज बजारमा परिसूचक (नेप्से) ५९ अंकले घटेको छ । सोमबार २६०७ बिन्दुबाट सुरु भएको कारोबार लगातार घटेर २५२९ बिन्दुमा रोकिएको छ ।
आज कुल ३ सय २९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यसैगरी २ सय २९ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको बढ्दा एक कम्पनीको मूल्य भने स्थिर रह्यो । आज कारोबार रकमका हिसाबले नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ । यसको २१ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो नम्बरमा रहेको सीईडीबी हाइड्रोपावरको १३ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।
आज हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतले, एक्सले विकास बैंकको ८ प्रतिशतले बढेको छ भने अन्य कम्पनीहरूको शेयर मूल्य ६ प्रतिशत पनि छोएको छैन ।
प्रकाशित समय : १५:२१ बजे




















