back

राहुल चौधरी पाँचौं पटक ‘होटेलियर पावर लिस्ट’ मा

सीजी हस्पिटालिटी होल्डिङ्सले हाल १२ देशका ११६ गन्तव्यहरूमा १८५ भन्दा बढी होटल तथा रिसोर्टहरू सञ्चालन गरिरहेको छ, जसमा ११,०००भन्दा बढी किज (रुम) रहेका छन्।

काठमाडौं । सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्धनिर्देशकएवं प्रमुखकार्यकारी अधिकृत राहुल चौधरी लगातार पाँचौं वर्ष प्रतिष्ठित ‘होटेलियर पावर लिस्ट २०२४’ मा सूचीकृत भएका छन् ।

होटेलियर इन्डियाले हालै सार्वजनिक गरेको यो सूचीमाविश्वका अग्रणी होटल चेनका नेतृत्वकर्ताहरू समावेश छन् ।

होटेलियर पावर लिस्ट मा समावेश हुनु भनेको विश्व आतिथ्य उद्योगमा उल्लेखनीय योगदान पुर्याएको मान्यता हो । यस सूचीमाओबरोय होटल्स, ह्यात, हिल्टन, आईएचजी, म्यारियोट र एकोर जस्ता विश्वप्रसिद्ध ब्रान्डहरू समावेश छन् ।

‘मैले यो सम्मानलाई सीजी हस्पिटालिटीको विश्वब्यापी विस्तार र वल्र्डक्लास सर्भिसको रुपमालिएको छु,’ चौधरीले भने, ‘यसले हाम्रा पाहुनाहरूलाई प्रदान गर्ने उत्कृष्ट सेवा र गुणस्तरको प्रतिबिम्ब गर्छ। लगातार पाँचौं वर्ष होटेलियर इन्डिया पावर लिस्टमा समावेश हुन पाउँदा म अत्यन्तै गौरवान्वित छु’ ।
सीजी हस्पिटालिटी होल्डिङ्सले हाल १२ देशका ११६ गन्तव्यहरूमा १८५ भन्दा बढी होटल तथा रिसोर्टहरू सञ्चालन गरिरहेको छ, जसमा ११,०००भन्दा बढी किज (रुम) रहेका छन्।

कम्पनीको लक्ष्य सन् २०२५ सम्ममा २००भन्दा बढी होटलहरू र १२,०००किजहरू सञ्चालन गर्ने रहेको छ।

सीजी हस्पिटालिटीका साझेदार ब्रान्डहरूमा ताज, भिभान्ता, जेटविङ, ¥याडिसन र फेयरमोन्ट जस्ता ब्रान्डहरू समावेश छन् । यसका साथै सीजी हस्पिटालिटीको स्वामित्वमा द जिंक, द फर्न, समिट र द फार्म जस्ता ब्रान्डहरू पनि रहेका छन् ।

सीजी हस्पिटालिटीको इतिहास दुई दशकभन्दा लामो छ। यसको सुरुवात टाटा समूहको आईएचसीएल सँग मालदिभ्समा ताज एक्जोटिका रिसोर्ट एन्ड स्पा र ताज कोरल रिफ, कोलम्बोमा ताज समुद्र र भारतमा ताज सफारीका ४ होटलहरूमा लगानी गरेर भएको थियो।

‘सीजी हस्पिटालिटीको रणनीतिक साझेदारीमा केन्द्रित दृष्टिकोण, हाम्रो सम्पूर्ण हस्पिटालिटीका कर्मचारीहरुको समर्पण र दृष्टिकोण प्रतिको प्रतिबद्धता नै हाम्रो सफलताको मूल आधार हो। यसले आतिथ्य उद्योगमा हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बितगर्दछ,’ चौधरीले भने।

राहुल चौधरीको यो उपलब्धि र सीजी हस्पिटालिटीको विश्वव्यापी विस्तारले नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रभाव र पहिचानलाई प्रदर्शित गर्नुका साथै नेपाली व्यवसायिक नेतृत्वको विश्वव्यापी सम्भावनालाई उजागर गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...