आँखुखोला जलविद्युतले साढे १७ लाख कित्ता सेयर लिलामी गर्दै
वि.सं.२०८१ असोज ४ शुक्रवार
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले असोज ११ गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमा बिक्री गर्ने भएको छ ।
कम्पनीले साउन २७ गतेदेखि भदौ १६ गतेसम्म १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्दा वितरण हुन नसकेको १७ लाख ५० हजार २४८ कित्ता हकप्रद सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।
यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद असोज २० गतेसम्म रहेको छ ।
यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल, काठमाडौं नबिल बैंकको बिर्तामोड शाखा, विरगञ्ज शाखा, हेटौडा शाखा तथा जावलाखेल शाखाबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नबिल बैंककै लेकसाईट पोखरा शाखा, नेपालगञ्ज शाखा, बराहताल शाखा सुर्खेत, र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।
कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड रूपयाँको आधारमा प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यमा १५० प्रतिशत हकप्रद सेयर बिक्री गरेको हो । १५० प्रतिशत हकप्रद शेयर सम्पूण कित्ता बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रूपैयाँ कायम हुनेछ ।
प्रकाशित समय : १३:४६ बजे





















