back
himalayan life

युनिभर्सल पावरको नाफा ५६.५७ प्रतिशतले घट्यो, यस्ता छन् अन्य सूचक

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा युनिभर्सल पावर कम्पनीको नाफा ५६.५७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आउँदा ४ करोड २३ लाख रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक वर्षको समिक्षा आवधिमा यस्तो नाफा घटेर १ करोड ८४ लाख रुपैयाँमा झरेको हो ।

कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी घटेसँगै नाफामा गिरावट आएको देखिन्छ । गत वर्ष ६ करोड २० लाख रुपैयाँ अन्य स्रोतबाट आम्दानी गरेको कम्पनीको यो त्रैमासमा घटेर २ करोड ८१ लाख रुपैयाँमा झरेको छ ।

युनिभर्सल पावरले अझै विद्युत उत्पादन गर्न भने सकेको छैन । कम्पनीका अनुसार कम्पनीको हालसम्म निर्माण कार्य नै ९८प्रतिशत मात्रै सकिएको छ । यसअघि निर्धारित योजना अनुसार काम सम्पन्न हुन नसक्नुमा २०७७ सालमा खारे खोलामा आएको बाढी लगायतका अन्य कारण रहेका छन् । बाढीका कारण आयोजनाको ट्रान्समिसन लाइन, इलेक्ट्रो मेकानिकलको निर्माण कार्यपूर्व योजना बमोजिम हुन नसकेको कम्पनीको भनाइ छ । हाल यस जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छ ।

हाल यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ करोड ९२ लाख रुपैयाँ छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ १७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ६८ पैसा रहेको छ ।

यसले दोलखा जिल्लामा अवस्थित खारे खोलामा निर्माण गरिरहेको ११ मेगावाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । त्यसैगरी, कम्पनीले माथिल्लो इङ्खु खोला जलविद्युत आयोजनाको पनि अध्ययन गरिरहेको छ । यस्तै, ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजना निर्माण गर्न लगानी सम्झौता गरिसकेको छ ।

२०७८ वैशाख ३१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

वि.सं.२०८३ असार १८ बिहीवार ०८:५०

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १८ बिहीवार ०८:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

वि.सं.२०८३ असार १७ बुधवार १२:४८

काठमाडौँ । जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने सुर्तीजन्य पदार्थ, मदिरा र...

सुर्तीजन्य, मदिरा र चिनीयुक्त पेय पदार्थको नीतिगत समीक्षा: पूर्व अर्थमन्त्री पाण्डेद्वारा १० वर्षे रणनीतिक लक्ष्य तय गर्न सुझाव

सुर्तीजन्य, मदिरा र चिनीयुक्त पेय पदार्थको नीतिगत समीक्षा: पूर्व अर्थमन्त्री पाण्डेद्वारा १० वर्षे रणनीतिक लक्ष्य तय गर्न सुझाव

वि.सं.२०८३ असार १७ बुधवार ११:५७

काठमाडौँ । नेपाल विकास अनुसन्धान प्रतिष्ठान (NDRI) को आयोजनामा सुर्तीजन्य...

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

वि.सं.२०८३ असार १७ बुधवार ११:०१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भर्खरै सम्पन्न आफ्नो पहिलो...