back

डिएआईमा एमच्यामको मेम्बर लर्निङ सिरिज

काठमाडौं ।अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)ले आफ्नो सदस्य डिएआईमा मेम्बर लर्निङ सिरिज कार्यक्रम गरेको छ ।

एमच्यामले आफ्ना सदस्य संस्थाहरूसँग गर्ने नियमित कार्यक्रम अन्तर्गत बिहीबार डिएआईमा १२ औं मेम्बर लर्निङ सिरिज कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा डिएआईकी नेपाल प्रतिनिधि निलु बस्न्यातले नेपालमा विपतका कारण ठूलो धनजनको क्षति भइरहेकाले रोकथाम र न्यनिकरणका लागि थप स्रोत र साधनको परिचालन गर्नुपर्नेमा जोड दिइन् । त्यसका लागि डिएआईले विपत् रोकथाम पूर्वतयारी, स्थानीयलाई तालिम, नीति निर्माण, जोखिम बीमा, जलवायु परिवर्तन सम्बन्धी सचेतना लगायतका कार्य गर्दै आएको उनले बताइन् ।

कार्यक्रममा डा. गोपाल तिवारीले युएसएआईडीले नेपालमा सञ्चालन गर्दै आएको तयार नेपाल परियोजनामा निजी क्षेत्रको योगदानबारे चर्चा गरे । परियोजनाले उद्यमशीलताका लागि अवसर सिर्जना गरेको तिवारीले बताए । यस परियोजनामार्फत ३५ भन्दाबढी व्यवसाय विस्तार भइसकेको छ, उनले भने । अहिले युएसएआईडीले उनीहरूलाई आवश्यक अन्य सहयोग समेत गरिरहेको छ । हरित व्यवसायलाई प्रवर्द्धन गर्दै आएको परियोजनाले करिब ७ सय जनालाई व्यवसाय निरन्तरता व्यवस्थापन तालिम समेत दिएको तिवारीले बताए । विपत् व्यवस्थापन र न्युनीकरणको आवश्यकताबारे प्रस्तुतीकरण दिएका सुमन शाक्यले परियोजनापश्चात् स्थानीयमा विभिन्न परिवर्तन आएको बताए ।

डिएआई सन् २०१६ देखि नेपालमा सञ्चालनमा रही विभिन्न परियाजनाहरू मार्फत दिगो विकासका लक्ष्यहरूमा टेवा पुर्याउदै आएको छ । संस्थाले नेपालसहित विभिन्न १ सय ५० भन्दाबढी मुलुकमा विपत् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको छ । युएसएआईडी संगको साझेदारी अन्तर्गतका तीन परियोजनाहरूले नेपालमा विपद व्यवस्थापन, खानेपानीको स्रोत व्यवस्थापन तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

एमच्याम नेपालमा अमेरिकी लगानीका ५० भन्दाबढी व्यवसायिक संस्था आवद्ध छन् । स्थापनाको २ वर्षमै एमच्याम नेपालले युएस च्याम्बर्स अफ कमर्सको आवद्धता पाइसकेको छ । पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा केन्द्रित संस्थाले नेपालका लागि वैदेशिक लगानी भित्राइ दुई देशबीचको व्यापारमा टेवा पुर्‍याउँदै आइरहेको छ ।

कार्यक्रमको समापनमा बोल्दै एमच्याम नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले एमच्याम मेम्बर्स लर्निङ सिरिज र एक्पर्स्ट लर्निङ सिरिज अमेरिकाको काम गर्ने संस्कृतिलाई नेपालमा रूपान्तरण गर्ने उत्तम तरिका भएको बताए । उनले सदस्य तथा सरोकारवाला माझ गरिने यस्तो कार्यक्रम बढी अर्थपूर्ण र लाभमूलक हुने बताए । साथै व्यवसायिक एकीकरणलाई जोड दिन समेत यस्ता कार्यक्रमले भूमिका खेल्ने उनको भनाइ थियो ।

कार्यक्रममा एमच्याम नेपालका अमिर थापाले कार्यक्रममार्फत अमेरिकी लगानी, प्रविधि र प्रतिभाको रूपान्तरणमा एमच्याम नेपालको योगदानबारे बताए । कार्यक्रमले विश्वकै ठूलो अर्थतन्त्र अमेरिका र नेपालको उद्यमशील समुदायबीचको सहकार्यलाई प्रोत्साहन गरेको उनको भनाइ छ । थापाले नेपाल र अमेरिकाबीचको ७७ वर्षदेखिको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउन यस कार्यक्रमले सहयोग पुर्‍याइरहेको बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...