back
himalayan life

महालक्ष्मी लाइफको नाफामा सामान्य वृद्धि, यस्ता छन् अन्य सूचक

काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमासमा ६ करोड ६८ लाख नाफा कमाएको छ । गत आवको तुलनामा १ दशमलव ४९ प्रतिशतले बढी हो । गत आवको यसै अवधिमा कम्पनीले ६ करोड ५८ ला खरुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले यो अवधिमा खुद बीमा शुल्क संकलन पनि बढाएको छ । गत आवको समिक्षा अवधिको तुलनामा कम्पनीले खुद बीमाशुल्क संकलन ९९.५१ प्रतिशतले बढाएको हो । गत आवको यसै अवधिमा कम्पनीले ३९ करोड ३१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७८ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १७१.५८ प्रतिशतले बढेर १ अर्ब ३३ करोड ६० लाख रुपैयाँको छ । गत आवको यसै अवधिमा कम्पनीको बीमा कोषमा ४९ करोड १९ लाख रुपैयाँ रहेको थियो ।
चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको जगेडा कोषमा १६ करोड ८ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले चैतमसान्तसम्म लगानी, कर्जा तथा अन्य आयबाट ७ करोड १८ लाख ४० हजार र बीमालेखको धितोमा कर्जाबाट १ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा अभिकर्ता कमिशन वापत १५ करोड ३९ लाख रुपैयाँ खर्चेको छ ।

कम्पनीले चालु आवको तेस्रो त्रैमासको अवधिमा ७९ करोड ४९ लाख २३ हजार कुल बीमशुल्क संकलन गरेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा ६४ करोड ९६ लाख २३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले ७ वटा बीमा दावी वापत २ करोड ९२ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने ८ लाख ७० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

२०७८ वैशाख ३० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

वि.सं.२०८३ असार १८ बिहीवार ०८:५०

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

वि.सं.२०८३ असार १७ बुधवार १२:४८

काठमाडौँ । जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने सुर्तीजन्य पदार्थ, मदिरा र...

सुर्तीजन्य, मदिरा र चिनीयुक्त पेय पदार्थको नीतिगत समीक्षा: पूर्व अर्थमन्त्री पाण्डेद्वारा १० वर्षे रणनीतिक लक्ष्य तय गर्न सुझाव

सुर्तीजन्य, मदिरा र चिनीयुक्त पेय पदार्थको नीतिगत समीक्षा: पूर्व अर्थमन्त्री पाण्डेद्वारा १० वर्षे रणनीतिक लक्ष्य तय गर्न सुझाव

वि.सं.२०८३ असार १७ बुधवार ११:५७

काठमाडौँ । नेपाल विकास अनुसन्धान प्रतिष्ठान (NDRI) को आयोजनामा सुर्तीजन्य...

सर्वाधिक मत पाएका डा.वाग्ले रास्वपाको केन्द्रीय भूमिकामा : आर्थिक सुधारको अभियान अगाडि बढाउन मदत पुग्ने आकंलन  

सर्वाधिक मत पाएका डा.वाग्ले रास्वपाको केन्द्रीय भूमिकामा : आर्थिक सुधारको अभियान अगाडि बढाउन मदत पुग्ने आकंलन  

वि.सं.२०८३ असार १६ मंगलवार १३:१३

काठमाडौं । असारको पहिलो हप्ता नेपालमा एउटै विषय सबैभन्दा बढी...

दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

वि.सं.२०८३ असार १६ मंगलवार १३:०७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि...