back
himalayan life

‘साना दुःखले ल्याएको शान्ति प्रक्रिया होइन मन सफा हुनुपर्छ, देश र जनताको माया हुनुपर्छ’: अध्यक्ष नेपाल

नेपालमा दुई दलीय व्यवस्था आउन दिँदैनौँ

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २०५४ सालदेखि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युद्धसँग जोडिएका विषयमा लगातार संवाद भएको खुलासा गरेका छन् ।

बुधबार संसदमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले २०५६ मा पटनामा पहिलो पटक प्रचण्डसँग बैठक बसेको बताए ।

‘२०५७ साल वैशाख ७ गते दिल्लीमा दोस्रो भेट भयो, २०५७ कात्तिक २ मा पटनामा, २०५८ वैशाख १३ गते गोरखपुरमा भेट भएको थियो’, नेपालले भने, ‘गोरखपुर घटनाका सम्बन्धमा हिसिला यमीले के भन्नुभएको थियो स्मरणमा आउँछ । २०५८ साउन ३१ सिलगुढीमा भयो ।’ सिलगढीमा आफूले प्रचण्डलाई १० बुँदा पढेर सुनाएको भन्दै न्यायपूर्ण युद्ध गर्नुछ भनेपनि अनुचित काम नहोस् भनेर सम्झाएको स्मरण गराए ।

उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने कुरा गर्दैगर्दा ६३ हजारभन्दा बढी मुद्दा दर्ता भएको भन्दै गम्भीर अपराध ठानिएका केसलाई कसरी लिने, कसरी पीडितलाई न्याय दिने भनेर सोच्नुपर्ने बताए । उनले १२ बुँदे सहमतिका सवालमा कतिपयले भारतले गराएको भनेर भन्ने गरेपनि त्यसमा सत्यता नभएको दाबी समेत गरे ।

‘साना दुःखले ल्याएको शान्ति प्रक्रिया होइन । मन सफा हुनुपर्छ, देश र जनताको माया हुनुपर्छ’, उनले भने,‘जब शान्ति प्रक्रियामा हस्ताक्षर भयो त्यसमा हामी सहभागी भएकालाई पनि साक्षी राख्नुस् भन्दा सानो चित्त भएकाले राखेनन् ।’ उनले त्यसबेला आफू रिसाएपछि गिरीजाबाबु र प्रचण्डले बोलाएपछिमात्र सहभागी भएको पनि बताए । उनले संविधान संशोधनको कुरा गरेर मध्यरातमा हस्ताक्षर गरेको भन्दै नेपालमा दुई दलीय व्यवस्था आउन नदिने बताए ।

‘के छलफल गर्नुपर्दैनथियो, मध्यरातमा हस्ताक्षर गर्ने हो ? दुई दलीय शासन ल्याउन खोजेको हो ? नेपालमा दुई दलीय शासन आउन सक्दैन’, अध्यक्ष नेपालले भने, ‘आउन हामी दिँदैनौँ ।’ बहुदलीय व्यवस्था आफूहरूले ल्याएको भन्दै नेपालले यस व्यवस्थालाई अझै समृद्ध बनाउन चाहने बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवा सारै सोझो भएको भन्दै ख्याल गर्न सुझाव दिए । उनले दुई दलीय प्रणाली स्थापित गर्ने कुरा सुनिरहेको भन्दै बंगलादेशको घटनाले सचेत बनाएको बताए ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

वि.सं.२०८३ असार १४ आइतवार १४:०१

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले...

प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’बहुमतले पारित 

प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’बहुमतले पारित 

वि.सं.२०८३ असार १४ आइतवार १३:५४

काठमाडौं । प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’ बहुमतले पारित भएको छ...

शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालनमा आउने

शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालनमा आउने

वि.सं.२०८३ असार १४ आइतवार १३:४४

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बीमा कार्यक्रम...

ट्राफिक नियमसँगै राज्यको लापरबाहीमा पनि जरिवानाको व्यवस्था गर्न सांसद शाहीको माग

ट्राफिक नियमसँगै राज्यको लापरबाहीमा पनि जरिवानाको व्यवस्था गर्न सांसद शाहीको माग

वि.सं.२०८३ असार १४ आइतवार १३:२०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले...

फिफा विश्वकप २०२६ : नकआउट चरणको पूर्ण तालिका सार्वजनिक, कुन टिमको भिडन्त कहिले र कहाँ ?

फिफा विश्वकप २०२६ : नकआउट चरणको पूर्ण तालिका सार्वजनिक, कुन टिमको भिडन्त कहिले र कहाँ ?

वि.सं.२०८३ असार १४ आइतवार १३:०५

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरणका रोमाञ्चक र...

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला...