back
nactional

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको नाफामा उत्साहजनक प्रगति, लाभांश क्षमता कति छ ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले उत्साहजनक प्रगति गरेको छ । उक्त अवधिसम्म कम्पनीको नाफा ४५०.५९ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सञ्चालन आम्दानी बढ्दा नाफामा सुधार आएको हो । कम्पनीको सञ्चालन आम्दानी ६७.१८ प्रतिशत बढेर २५ करोड ८२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको सञ्चालन आम्दानी १५ करोड ४४ लाख रहेको थियो ।

कम्पनीको कुल खर्च समीक्षा अवधिमा १७.२३ प्रतिशत घटेर ११ करोड ७९ लाख रुपैयाँमा खुम्चिएको छ ।

चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँ रहेको हाथवेको रिटेन्ड अर्निङमा ३७ करोड २१ लाख रुपैयाँ रहेको छ । उक्त रकमबाट यसले सेयरधनीलाई २८ प्रतिशतसम्म लाभांश दिन सक्छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ५२ पैसा बढेर ३ रुपैयाँ २६ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७७ रुपैयाँ ८६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१०.४४ गुणा रहेको छ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०१

काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ७ सय...

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

वि.सं.२०८३ भदौ ३ बुधवार १२:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (SEBON) ले पूँजी बजारमा मार्जिन...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:३७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

गोल्छा ग्रुपद्वारा ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का शीर्ष ६ फाइनालिस्ट घोषणा: नेपालसहित पाँच दक्षिण एसियाली देशमा विस्तार

गोल्छा ग्रुपद्वारा ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का शीर्ष ६ फाइनालिस्ट घोषणा: नेपालसहित पाँच दक्षिण एसियाली देशमा विस्तार

वि.सं.२०८३ भदौ २ मंगलवार १८:१७

काठमाडौं । किशोरकिशोरीहरूको प्रतिभा, नेतृत्व क्षमता र सामाजिक प्रभावलाई सम्मान...

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

वि.सं.२०८३ भदौ २ मंगलवार १६:४३

काठमाडौं । आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट...