back
nactional

सेयर बजार सामान्य अंकले घट्यो , साढे २१ अर्बको कारोबार

काठमाडौं । लगातार दुई दिन कारोबार रकममा नयाँ रेकर्ड रखेको नेप्से परिसूचक मंगलबार ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा कायम भएको छ ।

घटेको सेयर बजारमा लगानीकर्ताहरू फाइनान्स समूहमा झुमिएका छन् । यो समूह १.५७ प्रतिशतले बढेको छ । सूचीकृत कम्पनीमध्ये ५ कम्पनीको सेयर मूल्य बढेको छ भने अन्य समूह घटेको छ ।

यस दिन सबैभन्दा धेरै होटल तथा पर्यटन समूह २.२५ प्रतिशत घटेको छ । चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

सोमबार कारोबारमा नयाँ रेकर्ड बनाएको सेयर कारोबार मंगलबार भने घटेको छ । मंगलबार २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर बारोबार भएको छ । सोमबार २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबार रकममा आधारमा नेपाल फाइनान्स, हिमालयन रि र शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ ।

मातृभुमि लघुवित्त, पिपल्स पावर, दोल्ती पावर र गुडविल फाइनान्सको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

वि.सं.२०८३ भदौ ३ बुधवार १२:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (SEBON) ले पूँजी बजारमा मार्जिन...

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

वि.सं.२०८३ भदौ २ मंगलवार १६:४३

काठमाडौं । आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट...

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

वि.सं.२०८३ भदौ २ मंगलवार १०:४१

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित विभिन्न म्युचुअल...

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

वि.सं.२०८३ भदौ १ सोमवार १५:४७

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक...

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ भदौ १ सोमवार १२:४६

काठमाडौं। मुहान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित भदौ...

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:१७

काठमाडौं । इलामको रोङ गाउँपालिकाले पुँजी बजारमा पहुँच विस्तार गर्ने...