back

बिहान आएर हाजिर लगाएर मेरो तलव पाक्यो भन्ने तपाईहरुले सोच्नुभयो भने त्यसमा पुनर्विचार गरिहाल्नुसः मन्त्री भण्डारी

सरकारमाथि, सरकारको निकायमाथि यति धेरै प्रश्नहरु छन्न । त्यो प्रश्नको सामना हामीले परिणामबाट दिनुपर्नेछ । तपाईहरुले तीन महिना भित्र परिणाम दिने गरी काम गर्छु भन्नुहुन्छ भने तपाईहरुले चाहेको सेवा, सुविधा दिन मन्त्रालय तयार छ ।’

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले परिणाम दिनेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिए । मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्नेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिँदै उनले त्यसो गर्न नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिने चेतावनी समेत दिए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले सरकार र सरकारी निकायमाथि उठेको प्रश्नको जवाफ दिनेगरी कार्य सम्पादन गर्नुपर्नेतर्फ पनि कर्मचारीहरुलाई सचेत गराए। प्रधानमन्त्री ओलीले ३ महिनाभित्र सम्पादन गरिसक्ने कामको विवरण सबै मन्त्रालयसँग खोजेको उल्लेख गर्दै उनले आफूहरुले १५ वटा काम सम्पन्न गरिसक्ने बताएकाले त्यसलाई पूरा हुनेगरी काम गर्न विशेष ध्यान दिन पनि मन्त्रालयका कर्मचारीलाई भने ।

मन्त्री भण्डारीले परिणाम आउने गरी काम गर्ने कर्मचारीहरुको सेवा, सुविधा वृद्धि गर्न आफू तयार रहेको र त्यसो नभए ती कर्मचारीले जिम्मेवारी छोड्नुपर्ने अवस्था आउने पनि बताए । कर्मचारीको सेवा, सुविधाको जिम्मा मन्त्रालयले लिने तर उनीहरुले दैनिक परिणाम आउने गरी काम गर्नुपर्ने बताए ।

उनले भने, ‘यहाँ हिजो मात्रै सम्माननीय प्रधानमन्त्रीज्युले सबै मन्त्रालयसँग अब एमओयू गर्नु हुन्छ । हिजो मात्रै कम्तिमा ५ वटा ३ महिनामा गरिसक्ने कामको खोजी गर्नु भएको छ । हामीले १५ वटा काम देखाएका छौं । अब प्रत्येक १५ दिनमा सहसचिवहरुको कार्य सम्पादनको रिपोर्ट प्रधानमन्त्रीज्यु आफैँले हेर्नुहुन्छ ।

दैनिक मन्त्रालयका मन्त्रीले, सचिवले, सहसचिवले, सिइयोहरुले अधिकृत लेवलभन्दा माथिका सबैको दैनिकीहरु अब सरकारले हेर्नेछ । एक दिनमा के गर्नुभयो नयाँ काम भनेर हेरिन्छ । आज दिनभरीको कामको परिणाम के आयो रु त्यसको परिणाममुखि कामहरु, त्यो काम भनेको कागजमा लेखेर भरेको काम होइन, परिणाम आयो कि आएन रु परिणाम आएन भने जिम्मेवारीबाट सबैले छोडनुपर्ने हुन्छ । मञ्जुर छ नि । अधिकारको खोजी गर्दा कर्तव्य पनि पूरा गर्नुपर्ने हुन्छ । तपाईहरु सबैको चाहिने सुविधाको जिम्मा मन्त्रालय लिन तयार छ । तर तपाईहरुले रिजल्ट दिन तयार हुने कि नहुने ? तपाईहरुको सबै सेवा सुविधाको जिम्मा सरकारले लिन्छ । मन्त्रालयले लिन्छ । तपाईहरुका जहाँ समस्या छन्, ती समाधान हुन्छन् । त्यसको जिम्मा म लिन्छु । तर तपाईहरुले अब रिजल्ट दिने कि नदिने रु तपाईहरुले रिजल्ट दिनु भयो । सुविधा पूरापुर लिनुहोस । तपाईहरुको रिजल्ट दिनु भएन । तपाईले जिम्मेवारीबाट छोड्नुपर्ने हुन्छ । अहिलेको व्याप्त निराशा, अन्योलतालाई चिर्नुपर्नेछ । सरकारमाथि, सरकारको निकायमाथि यति धेरै प्रश्नहरु छन्। त्यो प्रश्नको सामना हामीले परिणामबाट दिनुपर्नेछ । बिहान आएर हाजिर लगाएर मेरो तलव पाक्यो भन्ने तपाईहरुले सोच्नुभयो भने त्यसमा पुनर्विचार गरिहाल्नुस् । तपाईहरुले तीन महिना भित्र परिणाम दिने गरी काम गर्छु भन्नुहुन्छ भने तपाईहरुले चाहेको सेवा, सुविधा दिन मन्त्रालय तयार छ ।’

मन्त्री भण्डारीले सरकारले मन्त्री, सचिवसहितका सबै उच्च पदस्थ कर्मचारीहरुको दैनिक कामको मूल्यांकन गर्ने पनि बताए ।

nactional life
Corporatebazar 11 Anniversary

श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण, ब्याजदर ६ प्रतिशत मात्रै

श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण, ब्याजदर ६ प्रतिशत मात्रै

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १७:२२

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूका लागि खुसीको खबर...

खाना पकाउने ग्यास १५० रूपैयाँले बढ्दा पेट्रोल र डिजेलको मूल्य कति?

खाना पकाउने ग्यास १५० रूपैयाँले बढ्दा पेट्रोल र डिजेलको मूल्य कति?

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५९

काठमाडौं । नेपाल आयल निगमले इन्धनको नयाँ मूल्य समायोजन गरेको...

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२४

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (शुक्रबार) ३ हजार...

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

रामेछाप जोड्ने तीन वटा पक्की पुलको एकैसाथ टेण्डर खुल्यो

रामेछाप जोड्ने तीन वटा पक्की पुलको एकैसाथ टेण्डर खुल्यो

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:५७

रामेछाप । रामेछाप जोड्ने ३ वटा पक्की पुलको एकै पटक...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...