back

हिमालयन लघुवित्तको नाफा घट्यो

काठमाडौं । हिमालयन लघुवित्तले ७५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष (२०८०/८१) को चौथो त्रैमाससम्म संस्थाको नाफामा २४.८१ प्रतिशतले गिरावट आएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी १४.२२ प्रतिशतले बढेर २३ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाको यस्तो आम्दानी २० करोड ७७ लाख रुपैयाँ थियो ।

संस्थाको खराब कर्जा २.३७ प्रतिशतबाट बढेर ३.६५ प्रतिशत पुगेको छ । इम्पेरमेन्ट चार्ज पनि बढेको कारण संस्थाको नाफामा दबाब देखिएको हो । लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड ७० लाख रुपैयाँबाट बढेर २ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

लघुवित्तको सञ्चालन नाफामा समेत गिरावट देखिएको छ । गत वर्षको अन्त्यसम्म संस्थाको सञ्चालन नाफा १७.२२ प्रतिशतले घटेर १ करोड ८ लाखमा खुम्चिन पुगेको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७८ पैसा घटेर २ रुपैयाँ ३६ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ५७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५४२.१९ गुणा रहेको छ।

३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोष १४ करोड ५२ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३ अर्ब ५० करोड निक्षेप तथा सापटीबाट ३ अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अभियान लघुवित्तको खुद नाफामा उल्लेख्य बृद्धि

अभियान लघुवित्तको खुद नाफामा उल्लेख्य बृद्धि

वि.सं.२०८३ साउन २१ बिहीवार १३:२८

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको...

लघुवित्त पीडित र सरकारबीच भएको सहमतिबारे भ्रम नफैलाउन समितिको अपिल

लघुवित्त पीडित र सरकारबीच भएको सहमतिबारे भ्रम नफैलाउन समितिको अपिल

वि.सं.२०८३ साउन १९ मंगलवार १९:०८

काठमाडौं । मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको...

महुली लघुवित्तको नाफामा १० गुणाभन्दा बढीको फड्को: वितरणयोग्य नाफा १६ करोड ५० लाख

महुली लघुवित्तको नाफामा १० गुणाभन्दा बढीको फड्को: वितरणयोग्य नाफा १६ करोड ५० लाख

वि.सं.२०८३ साउन १८ सोमवार १०:१७

काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले आर्थिक वर्ष...

हिमालयन लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

हिमालयन लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

वि.सं.२०८३ साउन १८ सोमवार १०:१२

काठमाडौँ। हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था...

लघुवित्त पीडित भन्छन् : ऋण तिर्न तीनवटा ट्याक्टर बेचिसकें, अब त बाँच्नै मन छैन

लघुवित्त पीडित भन्छन् : ऋण तिर्न तीनवटा ट्याक्टर बेचिसकें, अब त बाँच्नै मन छैन

वि.सं.२०८३ साउन १५ शुक्रवार १६:३९

काठमाडौं । लघुवित्त पीडितहरूले आफ्नो माग राख्दै माइतीघर मण्डलामा सुरु...

सरकारी वार्ता टोली र लघुवित्तपीडित संघर्ष समितिबिच वार्ता हुने

सरकारी वार्ता टोली र लघुवित्तपीडित संघर्ष समितिबिच वार्ता हुने

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४०

काठमाडां । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित...