back

लक्ष्मी सनराइज बैंकले ब्रान्ड फिल्म ‘बचतको सम्मान र सही लगानी’ प्रस्तुत गर्दै

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो नयाँ ब्राण्ड फिल्म ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको छ । २ मिनेट २० सेकेन्डको यस फिल्मले बैंकमा जम्मा हुने हरेक साना देखी ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मक रूपमा दर्शाएको छ ।

खुत्रुके देखी समुन्नती सम्मको यात्रा
फिल्मको पहिलो दृश्यमा एक बालिका आफ्नी आमाबाट बचत गर्न प्रेरित भएकी देख्न सकिन्छ, उनले जम्मा गरेको जस्तै स-साना बचत मिसिएर जलविध्युतजस्ता ठुला परियोजनाहरुमा लगानी भइ कुनै दुर्गम क्षेत्रमा एक विद्यार्थीले बिजुलीको प्रकाशमुनी पढ्न पाउँदछ । लक्ष्मी सन्राइज बैंकमा गरिएको बचतले कसरी परिवार, व्यवसाय र समग्रमा समुदायलाई सशक्त बनाउँदै साझा समृद्वितर्फ अघि बढाउँछ भनेर यस दृश्यले देखाएको छ ।

सफलताको गाथा बुन्दै
बैंकमा विश्वासका साथ जम्मा भएको रकम बैंकले ठुला परियोजना मात्र नभई साना परियोजनाहरुलाई पनि प्राथमिकता दिँदै विभिन्न कर्जाहरु प्रवाह गर्दछ । यस्ता कर्जाहरुले कुनै किसानको बाली फस्टाएको, कुनै उद्यमीको व्यवसाय सफल भएको तथा कुनै इलमीको नयाँ उद्यमको सुरुवातका कथाहरु पनि यस फिल्ममा समेटिएको छ ।

साझा समृद्विको उत्सव मनाउँदै
यस फिल्म मार्फत बैंकमा बचत गर्न किन जरुरी छ, बैंकमा गरिएको बचत कहाँ-कहाँ प्रयोग हुन्छ र यसले देश विकास तथा उद्यमीहरुको प्रवर्द्वनमा कस्तो र कसरी भूमिका खेल्दछ भन्ने देखाइएको छ । र बचत गर्नु हुने बैंकका ग्राहकहरु नै देशको समृद्धिको सारथी भएको कुरा प्रतित गराइएको छ ।

तसर्थ, यस फिल्मले बचत तथा बैँकिङलाई साझा समृद्वितर्फको यात्राको रूपमा पुनः परिभाषित गर्ने लक्ष्मी सन्राइजको प्रतिबद्वतामा सहभागी हुन सबैलाई प्रेरित गर्दछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...