back

प्रभू इन्स्योरेन्सको बिमा शूल्क आर्जन ६.३३ प्रतिशतले बढ्यो

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बिमा शुल्क आर्जन ६.३३ प्रशितले बढाउन सफल भएको छ । समिक्षा आधिमा कम्पनीने ४६ करोड १४ लाख रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ४३ करोड ३० लाख रुपैयाँ रहेको थियो।

बीमा शुल्क आर्जन बढाएसँगै कम्पनीको नाफामा पनि सामान्य वृद्धि भएको छ । कम्पनीले चैत मसान्तसम्मको विवरण अनुसार गत वर्षको तुलनामा यो वर्ष नाफा ४.९५ प्रतिशतले बढाएको छ । अर्थात कम्पनीले चैतसम्म खुद नाफा बढेर १५ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिमा कम्पनीको नाफा १५ करोड २२ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय ३.१२ प्रतिशतले घटेर २ करोड ७७ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यस्तो आय २ करोड ८६ लाख रुपैयाँ रहेको थियो।
यो अवधिमा कम्पनीको दाबी भुक्तानी ५.८० प्रतिशतले घटेर १३ करोड ८३ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो भुक्तानी १४ करोड ६८ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च ११.१३ प्रतिशत घटेर ११ करोड २९ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च १२ करोड ७१ लाख रुपैयाँ बढी थियो।

समीक्षा अवधिमा कम्पनीले बीमा कोषको आकार बढाएर ७८ करोड ८९ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष यस्तो कोषमा ६५ करोड ३३ लाख रुपैयाँमा सीमित थियो। गत वर्षको यही अवधिसम्म २३ करोड ३ लाख रुपैयाँको जगेडा तथा कोषको आकार बढेर २८ करोड ९३ लाख रुपैयाँको उचाइमा पुगेको छ। त्यस्तै ९ करोड २५ लाख रुपैयाँ रहेको महाविपत्ति कोष बढेर ११ करोड ७० लाख रुपैयाँमा पुगेको छ।

समीक्षा अवधिसम्म जारी बीमालेखको संख्या ८० हजार ४८७ पुगेको छ। गत वर्ष यही अवधिमा यो संख्या ५० हजार ७७७ रहेको थियो।

चुक्तापुँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ रहेको छ। पीई रेसियो ६४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ रहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार २०:०१

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’ को पहिलो टाइटल...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

वि.सं.२०८३ साउन १५ शुक्रवार १९:०७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा...

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:५६

काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत...

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:५५

सिरहा । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु...

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४६

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा श्रावण १० गते भएको...

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

वि.सं.२०८३ साउन १४ बिहीवार २०:५३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा...