back

शिखर इन्स्योरेन्सको नाफा १०.२६% र बीमा शुल्कमा १४.०३% प्रतिशतको उकालोमा

nactional life

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १०.२६ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३६ करोड ३३ लाख २१ हजार रुपैयाँ खुद नाफ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद नाफा ३२ करोड ९५ लाख १९ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यसरी नै यस अवधिमा कम्पनीको खुद बीमा शुल्क १४.०३ प्रतिशतले बढेर २ अर्ब ९६ करोड ५७ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले खुद बीमा शुल्क २ अर्ब ६० करोड ९ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी ६६.३२ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ७३ लाख ११ हजार रुपैयाँ रहेको थियो । कम्पनीको जगेडा कोष १९.३३ प्रतिशतले ऋणात्मक रहेर ६१ करोड ७६ लाख ७१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ७६ करोड ५६ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको बीमा कोष १७.१८ प्रतिशतले बढेर १ अर्ब २३ करोड ८९ लाख ७१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष १ अर्ब ५ करोड ७३ लाख ११ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी गत आर्थिक बर्षको यस अवधिमा ४१ रुपैयाँ ५५ पैसा रहेको थियो भने यस बर्ष १४ रुपैयाँले घटेर २७ रुपैयाँ ५५ पैसामा सिमित भएको छ । त्यस्तै, कम्पनीको नेटवर्थ पनि गत बर्षको यस अवधिमा २८१ रुपैयाँ ३४ पैसा रहेकोमा यस बर्ष ७० रुपैयाँ ४० पैसा घटेर २१० रुपैयाँ ९४ पैसामा सिमित भएको छ ।

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १.९१ प्रतिशतले घटेर ६४ करोड २ लाख ४० हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद दाबी भुक्तानी ६५ करोड २६ लाख ९९ हजार रुपैयाँ गरेको थियो ।

यस अवधिमा कम्पनीको पोलिसी संख्या १० प्रतिशतले घटेर २१ करोड १९ लाख ९६ हजार बिक्री गरेको छ । गत वर्षको यहि अवधिमा २३ लाख ५५ लाख ६३ हजार पोलिसी बिक्री गरेको थियो ।

यस अवधिमा कम्पनीको कर्जा लगानी २८.४९ प्रतिशतले बढेर १३ करोड ३५ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कर्जा लगानीबाट १० करोड ३९ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...