back

कोशी प्रदेश सरकारले ट्रक पार्किङ स्थल निर्माणका लागि छुट्यायो दुई करोड

काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ट्रक पार्किङ स्थल संरचना निर्माणका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कोशी प्रदेश सरकारले मोरङको विराटनगरमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ट्रक पार्किङ स्थल संरचना निर्माण लाभ साझेदारीका लागि २ करोड रुपैयाँ विनियोजन गरेको हो ।

बिराटनगरमा आफ्नै जग्गामा पार्किकस्थल निर्माणका लागि ट्रक व्यवसायी समितिले आवश्यक बजेट छुट्याइदिन प्रदेश सरकारलाई आग्रह गरेको थियो । सोही आग्रह बमोजिम आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट पार्किङ स्थल संरचना निर्माणका लागि बजेट विनियोजन भएको छ ।

लाभ साझेदारीमा पार्किङस्थल बनेसँगै पार्किङ गरिएवापत् प्रति ट्रक एक सय रुपैयाँ उठाइने ट्रक व्यवसायी समिति बिराटनगरका पूर्व अध्यक्ष मेघराज सिग्देलले जानकारी दिए । त्यसमध्ये ४० रुपैयाँ प्रदेश सरकारलाई दिनुपर्ने र ६० रुपैयाँले पार्किङ स्थलको व्यवस्थापन गरिने उनले बताए ।

पार्किङस्थल बुढीगंगा गाउँपालिकामा बन्ने भएको छ । पूर्व अध्यक्ष सिग्देलले ट्रक पार्किङमा समस्या भइरहेको अवस्थामा यसरी प्रदेश सरकारले बजेट विनियोजन गरेर पार्किङस्थल निर्माण गरिदिनु स्वागतयोग्य भएको बताए ।

उनले अन्य प्रदेश सरकारहरुले पनि ट्रक पार्किङस्थल निर्माणका लागि बजेट छट्याउनुपनेमा जोड दिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...