back
himalayan life

खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यकः मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय वातावरण बचाउनका साथसाथै खर्च कम गर्न पनि नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यक भएको बताएका छन् ।

शुक्रबार स्पार्क कारले आयोजना गरेको ‘ग्रीन मोबिलिटी एण्ड टुरिजम प्रोस्पेरिटी’ बारे छलफल कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । त्यसकारण आगामी दिनमा विद्युतीय सवारीसाधनको प्रयोगलाई बढाउने नीति लिनका लागि सरकारसँग पहल गर्ने समेत बताए ।

उनले नेपालीले पर्यावरणलाई स्वच्छ बनाउन मात्र नभई उपभोक्ताले पेट्रोल तथा डिजेलमा गरिरहने खर्च कटौती गर्नका लागि पनि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने बताएका हुन् । उनले भने,’विजुली गाडी यसकारणले पनि आवश्यक पर्यो कि पेट्रोल किनेर गाडी चलाउनुभन्दा यहीँको जलविद्यूत प्रयोग गरेर गाडी चलाउन पाउँदा लागत पनि कम लाग्ने अवस्था आउँछ ।’

आगामी १२ वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्यसहित अहिले नेपालमा ऊर्जा विकासको मार्गचित्र र कार्ययोजना बनाइएको समेत बताए । यसका लागि भारवहन, प्रसारण लाइन, वितरण प्रणाली लगायत आवश्यक पर्ने पूर्वाधार समेत बनाउने लक्ष्य लिइएकाले आगामी वर्षहरूमा विद्युतीय सवारीसाधनको प्रयोग झनै बढ्ने बताए ।

बस्नेतले विद्युतको उपयोग कसरी गर्ने वा उपयोग क्षमता बढाउनेतर्फ पनि अगाडि बढ्नेतर्फ पनि योजना बनाइएको उल्लेख गरे । उनले भने,’१२ वर्षमा आर्थिक वृद्धिददर औषत ७ प्रतिशत हाराहारी रहने अवस्था रहँदा १४ हजार मेगावाट विद्युत खपत क्षमता हुन्छ ।’

उनले अहिले अहिले विद्युतीय सवारीसाधनलाई आवश्यक चार्जिङ स्टेशन विस्तार गर्ने काम व्यापक रुपमा भइरहेको समेत सुनाए । उनले भने,’कहिलेकाहीँ अण्डा पहिले की चल्ला पहिलो जस्तो भयो । तर अब गाडी र चार्जिङ स्टेशन सँगसँगै जान्छ ।’ अहिले ५१ वटा चार्जिङ स्टेशन विद्युत प्राधिकरणले बनाइरहेको समेत उनले बताए ।

कार्यक्रममा पर्यटनमन्त्री हितबहादुर तामाङले अहिले नेपालमा पूर्वाधारमा सोचेजस्तो राम्रो अवस्था विकास हुन नसक्दा पर्यटकको आवागमन बढाउन नसकिएको सुनाए । ‘पर्यटन पुर्वाधारका निमित्त जति लगानी गर्नुपर्ने थियो, त्यसकारण पर्यटनमैत्री वातावरण बनाउन सकिएको छैन,’ उनले भने,’नयाँ पर्यटकीय गन्तव्य बनाउँदै पूर्वाधारहरु वातावरणमैत्री बनाउनेमा जोड दिने मन्त्रालयको नीति छ ।’

कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले ग्रीन इनर्जीतर्फ मात्र नभई ग्रीन बैंकिङ तर्फ समेत नेपालमा अभ्यास भइरहेको बताए । राष्ट्र बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (इएसआरएम) गाइडलाइन बैंक वित्तीय संस्थालाई जारी गरेको गभर्नर अधिकारीले बताए । उनले भने,’लगानी गर्दा इआईए रिपोर्ट नहेरिकन उनीहरूले लगानी गर्दैनन् । जसले वातावरणलाई ठूलो प्राथमिकतामा राखेको देखाउँछ ।’

अधिकारीले अहिले मुलुकमा नीतिहरू राम्रो भइरहेपनि कार्यान्वयन कमजोर भएको समेत बताए । शुक्रबार मात्रै जारी भएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समिक्षामार्फत विद्युतीय गाडी खरिदमा लिने कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर शतप्रतिशत कायम गरिएको अधिकारीको भनाइ छ । जसले विद्युतीय गाडी आयातमा झनै सहयोग मिल्ने गभर्नर अधिकारीले बताए ।

वातावरणविद् भुषण तुलाधरले अहिले विश्वमा तापक्रम महिनैपिच्छे वृद्धि भई भयावह अवस्था सिर्जना भइरहेको बताए । पछिल्लो समय नेपालमा भएको आगलागी समेत जलवायु परिवर्तनपछिको खडेरीको असर भएको उनको भनाइ छ । केही दिनअघिमात्रै नेपालको विश्वकै सबैभन्दा बढी प्रदूशित शहर हुनुमा यसको मुख्य कारण पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनबाट निष्कने धुवाँ र अव्यवस्थित शहरीकरण भएकाले राज्यले यसतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

अन्तक्रियामा साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठले पछिल्लो समय विद्युतीय सवारीसाधन निकै भरपर्दो र किफायती सवारीसाधनको रुपमा रहेको बताए । उनले भने,’विद्युतीय सवारी साधानको प्रयोग बढाउनु पर्यावरणका लागि पनि राम्रो हो । विद्युतीय सवारीको ब्याट्रिका आयू सामान्यतया २० वर्षको हुने भन्दै खर्चका हिसाबले सस्तो छ ।’ उनले अहिले पर्यावरणलाई जोगाउनका लागि पनि विद्युतीय सवारीसाधनको आवश्यकता झनै बढेको उल्लेख गरे ।

कार्यक्रममा स्पार्क ग्रुपका अध्यक्ष रोशन घिमिरेले पर्यावरण जोगाउँदै पर्यटन प्रवद्र्धनका लागि पहल गर्न यस कार्यक्रम आयोजना गरिएको बताए । उनले सबै क्षेत्रले पर्यावरण जोगाउनका लागि ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘जुन हिसाबमा लक्जरी होटल र रिसोर्ट बढेका छन् त्यो अनुसार ती पर्यटकलाई सेवा दिने लग्जरी भेहिकलको अभाव छ,’ उनले भने,’सो समस्याको समाधानका लागि सरकारले नीतिगत सहयोग गर्‍यो भने त्यस अनुसारको सवारी व्यवस्थापनमा निजी क्षेत्र तयार छ ।’

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा स्पार्क कारले आयोजना गरेको यस कार्यक्रमलाई विवाईडी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, प्रभु बैंक तथा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले सहयोग गरेको छ । कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवालाहरू, सरकारी, गैरसरकारी, कुटनीतिक नियोग, बहुराष्ट्रिय कम्पनी, कर्पोरेट तथा वातावरणविद् लगायतका प्रतिनिधि सहित २ सय जनाभन्दा बढीको सहभागीता रहेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

वि.सं.२०८३ असार ५ शुक्रवार ११:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी...

शिक्षा क्षेत्रको बजेट २ खर्ब १८ अर्ब, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहमा 

शिक्षा क्षेत्रको बजेट २ खर्ब १८ अर्ब, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहमा 

वि.सं.२०८३ असार ४ बिहीवार १२:५०

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक...

‘स्वर्णिम बजेट’ : समृद्ध नेपालको प्रारम्भिक रेखा कि चुनौतीपूर्ण लक्ष्य ?

‘स्वर्णिम बजेट’ : समृद्ध नेपालको प्रारम्भिक रेखा कि चुनौतीपूर्ण लक्ष्य ?

वि.सं.२०८३ असार ४ बिहीवार १२:४६

काठमाडौं । दुई तिहाइ नजिकको राजनीतिक समर्थन पाएको सरकारले अर्थमन्त्री...

खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री वाग्ले

खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ असार ३ बुधवार १८:२१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र...

५०० दरका नयाँ नोट आजदेखि चलनचल्तीमा,यस्ता छन् नयाँ नोटका विशेषता

५०० दरका नयाँ नोट आजदेखि चलनचल्तीमा,यस्ता छन् नयाँ नोटका विशेषता

वि.सं.२०८३ असार ३ बुधवार ०९:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ...