back
himalayan life

जेठ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक, कुन बैंकले कति ब्याज दिँदैछ ?

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

बैंकहरुले सार्वजनिक गरेको ब्याजदर अनुसार बैशाख महिनाको तुलनामा सामान्य घटेको छ।

बैशाख महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा औषतमा ७.१४ प्रतिशतविन्दुका दरले ब्याज दिइरहेका १९ बैंकहरुले, जेठ महिनामा औषतमा ७.०६ प्रतिशत विन्दुका दरले ब्याज दिने भएका छन्।

बैशाख महिनाको तुलनामा जेठमा १९ बैंकहरुको औषत ब्याजदर ०.०७ विन्दु घटेको हो।

त्यस्तै, संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि औषतमा ०.०७ प्रतिशतविन्दु घटेको छ।

जेठ महिनामा ९ बैंकहरुले बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन्। ब्याजदर स्थिर राख्ने बैंकहरुमा हिमालयन बैंक, प्रभु बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्।

बैशाख महिनाको तुलनामा ८ वाणिज्य बैंकहरुले जेठ महिनाको लागि ब्याजदर घटाएका छन् भने दुई बैंकले बढाएका छन्।

एनएमबि बैंकले व्यक्तिगततर्फ ७.८ प्रतिशत र संस्थागततर्फ ६.८ प्रतिशतका दरले ब्याज दिने भएका छन्। सिटिजन्स इन्टरनेश्नल बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशतका दरले ब्याज दिने भएका छन्।

त्यसैगरी, सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत, प्राइम कमर्सियल बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत, सानिमा बैंकले व्यक्तिगततर्फ ६.९ प्रतिशत र संस्थागततर्फ ५.९ प्रतिशत, नबिल बैंक व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत, एभरेष्ट बैंकले व्यक्तिगततर्फ ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत र नेपाल एसबिआई बैंकले व्यक्तिगततर्फ ६.३९ प्रतिशत र संस्थागततर्फ ५.३९ प्रतिशतले दरले ब्याज दिने भएका छन्।

सबैभन्दा बढी ब्याज दिनेमा एनएमबि र एनआईसी एशिया बैंक रहेका छन् ।

जेठ महिनाका लागि एनआईसी एशिया बैंकले व्यक्तिगततर्फ ७.८ प्रतिशत र संस्थागततर्फ ६.८ प्रतिशत र ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशतले ब्याज तोकेका छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...