back
himalayan life

प्रिन्टिङ प्रेस इजरायल—कोलकाताको यात्रामा, निर्धारित मितिमा स्थापना हुन मुस्किल

काठमाडौं। सेक्युरिटी प्रिन्टिङ प्रेस इजरायलबाट कोलकातासम्म सिपिङ सुरु भइसकेको छ । सरकारले असारभित्र प्रिन्टिङ प्रेस जडान गरि सञ्चालन गर्ने तयारीका साथ अगाडी बढीरहेको थियो । यद्यपी कोरोनाको कारण समयमै काम सकिन मुस्किल छ ।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले इजरायलबाट कोलकाताका लागि मेसिन सिपिङ भईसकेको जानकारी आएको बताउँदै सामान चाँडै आउने आसा व्यक्त गरेका हुन् । नेपाल ल्याउन भने भने सरकारले सहजीकरण गर्नुपर्ने पौडेलको भनाई छ ।
उनले कोरोना नियन्त्रणका लागि सरकारले चार्टर्ड तथा उद्धारबाहेक अन्य उडान माथि प्रतिबन्ध लगाएको र भारतसँगको सीमा नाका पनि बन्द गरेकाले स्थलमार्गबाट मेसिन आपूर्तिमा सरकारी सहजीकरण गर्नुपर्ने बताएका हुन्।

सामान समयमा आए पनि जडानका साथै क्यालिबरेसन गर्न मेसिन बिक्रेता कम्पनीका इन्जिनियर आवश्यक पर्ने तर अन्तर्राष्ट्रिय उडानमा सरकारले प्रतिबन्ध लगाएकाले इन्जिनियर तथा प्राविधिकहरु नेपाल आउन सक्ने अवस्था तत्काल नभएकाले जडान र कमिसनिङको काम प्रभावित हुन सक्ने उनको भनाई छ ।

सरकार ठूलो सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्न अनिच्छुक देखिएपछि सानै स्तरको प्रेस स्थापना गर्न केन्द्रले खरिद प्रक्रिया अघि बढाएको थियो। अब स्थापना हुने प्रेसले हुलाक टिकट, शैक्षिक प्रमाणपत्र, अन्तःशुल्कका केही स्टीकरहरु मात्रै छपाइ गर्न सक्ने छ।

नोट र राहदानीसहितका संवेदनशील सामाग्री छपाइ स्वदेशभित्रै गर्ने योजनाबाट सरकार ब्याक भएपछि केन्द्रले कम क्षमताको प्रिन्टिङ प्रेस सञ्चालन गर्ने गरी खरिद प्रक्रिया अघि बढाएको थियो। अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का अस्वीकृत गरेपछि सानै प्रकृतिको प्रिन्टिङ प्रेस खरिद प्रक्रिया जारी छ।

सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाका लागि जग्गा, भवनसहितका भौतिक संरचना आइटी पार्क बनेपामा व्यवस्था गरिसकेको छ। केन्द्रले आगामी आवबाट आवश्यक पर्ने कर्मचारीलाई तालिम दिएर सेवा सुरु गर्ने योजना बनाएको छ।
सुरक्षण मुद्रण केन्द्रले असार मसान्तसम्म प्रिन्टङ प्रेस सञ्चाल योग्य बनाउने गरी झण्डै ७४ करोड रुपैयाँमा उच्च सुरक्षायुक्त डिजिटल प्रिन्ट उत्पादन प्रणालीको आपूर्ति, डेलिभरी, जडान र कमिसनिङको ठेक्का गत चैतमा म्याक्स इन्टरनेसनललाई दिएको थियो।

विदेशी प्रतिस्पर्धालाई बन्द गर्दै सरकारले गत फागुन २ गते स्वदेशी कम्पनीमार्फत् सेक्युरिटी प्रिन्टिङ प्रेस सेटअपको काम अघि बढाएको हो। २०७८ वैशाख २९ गते प्रकाशित ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

वि.सं.२०८३ असार १८ बिहीवार ०८:५०

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १८ बिहीवार ०८:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

वि.सं.२०८३ असार १७ बुधवार १२:४८

काठमाडौँ । जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने सुर्तीजन्य पदार्थ, मदिरा र...

सुर्तीजन्य, मदिरा र चिनीयुक्त पेय पदार्थको नीतिगत समीक्षा: पूर्व अर्थमन्त्री पाण्डेद्वारा १० वर्षे रणनीतिक लक्ष्य तय गर्न सुझाव

सुर्तीजन्य, मदिरा र चिनीयुक्त पेय पदार्थको नीतिगत समीक्षा: पूर्व अर्थमन्त्री पाण्डेद्वारा १० वर्षे रणनीतिक लक्ष्य तय गर्न सुझाव

वि.सं.२०८३ असार १७ बुधवार ११:५७

काठमाडौँ । नेपाल विकास अनुसन्धान प्रतिष्ठान (NDRI) को आयोजनामा सुर्तीजन्य...

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

वि.सं.२०८३ असार १७ बुधवार ११:०१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भर्खरै सम्पन्न आफ्नो पहिलो...