back
himalayan life

शिवम् सिमेन्ट्सको खुद नाफा २६.५२ प्रतिशतले बढ्यो

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले चालुआर्थिक बर्षको तेश्रो त्रैमाससम्म खुद नाफा २६ दशमलव ५२ प्रतिशतले बढाएको छ । कम्पनीले चैत मसान्तसम्म खुद नाफा २६.५२ प्रतिशत ले बढेर १ अर्ब ९ करोड ८० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ८६ करोड १५ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा सिमेन्ट बिक्री र अन्य स्रोतहरुबाट हुने आम्दानीसमेत वृद्धि भएपछि खुद नाफा बढ्न सहयोग पुगेको हो ।

एक वर्षको अवधिमा सिमेन्ट बिक्रीबाट हुने आम्दानी ३.८२ प्रतिशत ले बढेर ७ अर्ब ३५ करोड ५१ लाख २७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले सिमेन्ट बिक्रीबाट ७ अर्ब ८ करोड ४० लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको थियो । साथै, अन्य स्रोतबाट हुने आम्दानी २४५.३४ प्रतिशतले बढेर ३ करोड ८९ लाख ४८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले अन्य स्रोतबाट १ करोड १२ लाख ७९ हजार रुपैयाँ मात्रै आम्दानी गरेको थियो ।

चैत मसान्तसम्म आइपुग्दा शिवम् सिमेन्ट्सको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०२ पैसाले बढेर वार्षिक ३३ रुपैयाँ ०३ पैसा पुगेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ०१ पैसा थियो । चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । सेयर प्रिमियममा ९५ करोड ६२ लाख ३३ हजार रुपैयाँ र अन्य इक्विटीमा ४ अर्ब १२ करोड ३ लाख ९ हजार रुपैयाँ छ । २०७८ वैशाख २९ गते प्रकाशित ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

वि.सं.२०८३ असार १७ बुधवार १९:११

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको...

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार १७ बुधवार १८:३५

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी...

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

वि.सं.२०८३ असार १७ बुधवार १८:२८

काठमाडौं । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल रूपान्तरणदेखि छात्रवृत्तिसम्म छलफल

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल रूपान्तरणदेखि छात्रवृत्तिसम्म छलफल

वि.सं.२०८३ असार १७ बुधवार १८:१८

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि...

प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो व्यवस्था हटाउन युएईसँग नेपालको आग्रह

प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो व्यवस्था हटाउन युएईसँग नेपालको आग्रह

वि.सं.२०८३ असार १७ बुधवार १८:०८

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका...