back

शिवम् सिमेन्ट्सको खुद नाफा २६.५२ प्रतिशतले बढ्यो

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले चालुआर्थिक बर्षको तेश्रो त्रैमाससम्म खुद नाफा २६ दशमलव ५२ प्रतिशतले बढाएको छ । कम्पनीले चैत मसान्तसम्म खुद नाफा २६.५२ प्रतिशत ले बढेर १ अर्ब ९ करोड ८० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ८६ करोड १५ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा सिमेन्ट बिक्री र अन्य स्रोतहरुबाट हुने आम्दानीसमेत वृद्धि भएपछि खुद नाफा बढ्न सहयोग पुगेको हो ।

एक वर्षको अवधिमा सिमेन्ट बिक्रीबाट हुने आम्दानी ३.८२ प्रतिशत ले बढेर ७ अर्ब ३५ करोड ५१ लाख २७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले सिमेन्ट बिक्रीबाट ७ अर्ब ८ करोड ४० लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको थियो । साथै, अन्य स्रोतबाट हुने आम्दानी २४५.३४ प्रतिशतले बढेर ३ करोड ८९ लाख ४८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले अन्य स्रोतबाट १ करोड १२ लाख ७९ हजार रुपैयाँ मात्रै आम्दानी गरेको थियो ।

चैत मसान्तसम्म आइपुग्दा शिवम् सिमेन्ट्सको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०२ पैसाले बढेर वार्षिक ३३ रुपैयाँ ०३ पैसा पुगेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ०१ पैसा थियो । चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । सेयर प्रिमियममा ९५ करोड ६२ लाख ३३ हजार रुपैयाँ र अन्य इक्विटीमा ४ अर्ब १२ करोड ३ लाख ९ हजार रुपैयाँ छ । २०७८ वैशाख २९ गते प्रकाशित ।


melung
उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

वि.सं.२०८० साउन ३ बुधवार ११:४१

काठमाडौं । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक...

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

वि.सं.२०८० असार १९ मंगलवार ११:१५

काठमाडौं । निर्वाचन आयोगले एउटा तहमा चुनाव पराजित भएको व्यक्ति...

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

वि.सं.२०८० असार १८ सोमवार १३:४१

मुग्लिन। पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

वि.सं.२०८० असार १७ आइतवार १३:०२

मुग्लिन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना...

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

वि.सं.२०८० असार १५ शुक्रवार १०:०७

काठमाडौँ । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल...