back

दुई लाख ६० हजार बढी अर्डर डेलिभरी गर्दै पठाओ फुड फेस्ट सम्पन्न, रु. ९९ को अफर सुरू

काठमाडौँ । राइड सेयरिङ र फुड डेलिभरीमा लोकप्रिय कम्पनी पठाओले सञ्चालन गरेको ‘दोस्रो पठाओ फूड फेस्ट २०२४’ दुई लाख ६० हजार भन्दा बढी अर्डर डेलिभरी गर्दै सम्पन्न भएको छ ।

फेस्ट सकिएपनि ग्राहकलाई अझै आकर्षित गर्न छुट मूल्यमा ९९ अफर सुरू गरिएको  पठाओले जनाएको छ । जसअन्तर्गत बढी मूल्यका परिकारहरू ९९ रुपैयाँमै उपलब्ध छन् ।

चैत अन्तिम हप्तादेखि यही वैशाख २१ दिनसम्म सञ्चालन भएको फेस्टको बम्पर प्राइजमा भाग्यशाली विजेता सन्ध्या कार्कीले आइफोन १५ जित्न सफल भएकी छन् । पठाओले साप्ताहिक तथा बम्पर विजेता छनौट  फेस्टको समयमा धेरै अर्डर गर्ने ग्राहकहरू मध्येबाट चयन गरेको बताइएको छ ।

त्यसैगरी शीर्ष दुई पठाओ हिरो गंगाबहादुर राई र वीरेन्द्र बहादुर सिंहले भने उपहारका साथै प्यांक बाइक्सका तर्फबाट एक/एक वटा साइकल समेत जितेको कम्पनीकी मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन् ।

फूड फेस्टमा मेहनत गर्ने शीर्ष ३८ पठाओ हिरोलाई कम्पनीले मजदुर दिवसका अवसरमा पुरस्कृत समेत गरेको थियो ।

“कम्पनीले यसअघि सञ्चालन गरेका अन्य क्याम्पेनको तुलनामा यसपटक रेष्टुराँमा अर्डर लिनेको संख्या उल्लेख्य भएको पाइयो”, हमालले भनिन् ।

साथै पठाओ हिरोहरुको मासिक कमाइ औसतमा ४० हजारसम्म हुने गरेकोमा फेस्ट अवधिमा भने ५० हजार रुपैयाँसम्म कमाएको हमालले बताइन् । साथै ग्राहकले हरेक अर्डरमा प्राप्त हुने सिओर सट स्क्राच कार्डमा पार्टनर तथा रेष्टुराँ र कम्पनीका तर्फबाट आकर्षक छुट भौचर समेत प्राप्त गरेका थिए ।

यस अवधिमा फुड आर्डर गर्ने ग्राहकले धुलिखेल जिपलाइन, चन्द्रागिरि प्याराग्लाइडिङ, बेलुन नेपाल, गितार सप, इना सेन्टर, यति एयरलाइन्स, सिजी इन्टरनेट, प्याङ्क बाइक, डोल्पो, अल्टिमा, माक्कुसे, मिशिसा, जिभी, ब्लेस, मिनिसो, र्‍याप्सी, न्यू–मिउ, ऊप्स, क्यूबेक्सबाट भौचर एवं उपहार समेत प्राप्त गरेका छन् ।

साथै हरेक साता सबैभन्दा धेरे अर्डर गर्ने भाग्यशाली ग्राहकलाई ३० सेकेन्डका लागि मिनिसोको विभिन्न आउटलेटमा ३० सेकेन्डका लागि निःशुल्क सपिङ गराइएको थियो ।

पठाओ हिरोहरुले स्मार्ट वाच, पावर बैंक, एयर वड्स, ज्याकेट तथा ट्राउजर, टि–सर्ट, चस्माका साथै जिपलाइन भौचर, प्याराग्लाइडिङ भौचर लगायतका उपहारसँगै रेष्टुराँ छुट भौचर एवं १० हजार, २५ सय, दुई हजारका क्वेस्ट भौचर उपहार जितेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...