सूर्यज्योति लाइफको १६औं साधारण सभा सम्पन्न
वि.सं.२०८१ वैशाख २३ आइतवार
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी १६औं वार्षिक साधारण सभा शुक्रबार सम्पन भएको छ । कम्पनीको सभा विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो ।
सभामा ३५ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीले संचालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पुँजीको १० ।२६ प्रतिशत बोनस सेयर र २४ ।७४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लगि समेत) सभाले पारित गरेको हो ।
सभामा गत आर्थिक बर्ष २०७९८० को वार्षिक प्रतिवेदन, साविक ज्योति लाइफको लेखा परीक्षकको प्रतिवेदन सहितको २०७९ साल पौष ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आव २०७९८० को २०७९ पौष ६ गतेको नाफानोक्सान हिसाव, नगद प्रवाह विवरण पारित गरेको छ ।
यसका साथै सूर्यज्योति लाइफको लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आव २०७९८० को नाफानोक्सान हिसाव, नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गरेको छ ।
सभाले चालु आवका लागि सुजन काफ्ले एण्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्सलाई लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।
प्रकाशित समय : ११:०५ बजे






















