back

सर्वोत्तम सिमेन्टको १५ प्रतिशत लाभांश पारित

काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्टको प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ ।

बैशाख १२ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले चुक्ता पुँजीको १५ प्रतिशत (करसहित)को नगद लाभांश प्रस्तावलाई पारित गरेको हो ।

सभाले संस्थापक सेयरधनी समूहबाट ५ (पाँच) जना सञ्चालकहरु विष्णुप्रसाद न्यौपाने, बिमलकुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जीङ लाग्देन तामाङ, उत्सव न्यौपाने तथा सर्वसाधारण सेयरधनी समूहबाट एक जना शिव सिंह कार्कीलाई निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै, स्वतन्त्र संचालकमा नेहा अग्रवाल मनोनित भएकी छिन् ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७१०८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण, आर्थिक वर्ष २०८०८१ को लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले हालका विभिन्न चुनौतीहरुको सामना गर्दै सर्वोत्तम सिमेन्टलाई एक उत्कृष्ट कम्पनी बनाउने प्रतिवद्धता जनाएका छन् । साथै, उनले सर्वोत्तम सिमेन्टले नाम जस्तै सिमेन्टको सर्वोत्तम गुणस्तरमा निरन्तरता दिँदै आफ्नो स्थापना पश्चात हालसम्म ६ करोड ७२ लाख ६८ हजार २१ बोरा सिमेन्ट र २८ लाख ८६ हजार १६६ टन क्लिङकर उत्पादन गरी बिक्री गर्न सफल भएको जानकारी गराएका छन् ।

उक्त सभा रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको हो ।


२१ करोड दस्तुर तिरेर टेलिकमले पायो ५ वर्षको मोबाइल लाइसेन्स

२१ करोड दस्तुर तिरेर टेलिकमले पायो ५ वर्षको मोबाइल लाइसेन्स

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:५३

काठमाडौं । नेपाल टेलिकमलाई मोबाइल सेवाको नयाँ अनुमतिपत्र (लाइसेन्स) दिने...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:३७

सर्लाही । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेल...

पूँजी बृद्धि र लगानीकर्ता जुटाउन नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छाबीच सम्झौता

पूँजी बृद्धि र लगानीकर्ता जुटाउन नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छाबीच सम्झौता

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छा, सिमरा बीच पूँजी...

महासंघका अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

महासंघका अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:०७

काठमाडौँ । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका...

समृद्धि फाइनान्सद्धारा विपन्न वर्गका विद्यार्थिलाई स्टेशनरी वितरण

समृद्धि फाइनान्सद्धारा विपन्न वर्गका विद्यार्थिलाई स्टेशनरी वितरण

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

काठमाडौं । समृद्धि फाइनान्सले वनेपा शाखा र मधुवन शाखाबाट विपन्न...

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले ज्योति क्यापिटलमा डिम्याट र मेरो सेयर खाता निःशुल्क खोल्न पाउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले ज्योति क्यापिटलमा डिम्याट र मेरो सेयर खाता निःशुल्क खोल्न पाउने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:२८

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले कक्षा १२ को परीक्षा दिएका...