back

नेपालले सदस्यता लिएको २० वर्ष पुरा गर्दा पनि विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेनः मन्त्री भण्डारी

nactional life

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले अन्तर्राष्ट्रिय व्यापारबाट लाभ लिनका लागि विश्व व्यापार संगठन(डब्लुटिओ)को सदस्यता लिएको २० वर्ष पुरा भए पनि अपेक्षित लाभ हुन नसकेको बताउनुभएको छ ।

मन्त्रालय द्धारा ‘नेपालको विश्व व्यापार संगठनको सदस्यताको २० वर्षका अपेक्षा, उपलब्धि तथा आगामी कार्यदिशा’ विषयक आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “विकासशील मुलुकहरुलाई विश्व अर्थतन्त्रबाट सिर्जित लाभ लिन र बजार पहुँच दिलाउन स्थापित भएको यस संगठनबाट केही अपवाद बाहेक अल्पविकसित मुलुकले आशा गरे अनुसार लाभ लिन सकिरहेको अवस्था छैन ।”

उहाँले निर्यात सम्भाव्यता भएका राष्ट्रसँग द्धिपक्षिय व्यापार तथा लगानी सम्झौता गर्न सरकार, निजी क्षेत्र, अनुसनधान संस्था लगायत सरोकारवालाको सहभागितालाई अर्थपूर्ण बनाउन जरुरी रहेकामा जोड दिँदै मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय व्यापारको सम्भावना अध्ययन गरी वस्तुगत र देशगत निर्यात रणनीति तर्जुमा गरि अगाडि बढ्ने योजना आवश्यक देखिएको बताउनुभयो । 

उहाँले विश्व व्यापारका सनदर्भमा सार्वजनिक–नीजि सम्बाद कार्यक्रममा सबैलाई आ–आफ्नो क्षेत्रबाट कसरी औद्योगिक तथा व्यापारिक क्षेत्रमा जागरण ल्याउन सकिन्छ भनेर बृहत बहस तथा छलफलको आवश्यकता औँल्याउनुभयो ।

मन्त्री भण्डारीले विश्व व्यापारको परिणाम अपेक्षाकृत आउन नसकेको उल्लेख गर्दै यसका लागि गम्भिर ढंगले राष्ट्रिय बहसको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “डब्लुटीओको मान्यतामा हामी सहमत छौँ, तर नेपालको सन्दर्भमा त्यो लागू हुन सकेको छैन, हामीले आयातित वस्तुको भारी बोक्नुपर्ने अवस्था छ, यो समस्याबाट हामी मुक्त हुन जरुरी छ ।” उहाँले विश्व बजारमा नेपालको उपस्थिती हुन नसकेको विषयमा मसिनो ढंगले अध्ययन गर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा वाणिज्य सचिव दिनेशकुमार घिमिरेले निजी क्षेत्रबाट अपेक्षा राखेर निर्माण गरिएका नीतिले अपेक्षाअनुसार सफलता नपाउँदा पनि विश्व व्यापारमा नेपालको उपस्थिती कमजोर भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारका तर्फबाट नीतिगत काम गर्नुपर्ने छ, हामी मन्त्रालयस्तरमा विश्व बजारमा कसरी जाने भनेर रणनीति तयार गर्दैछौँ, हामीले आफ्नो उत्पादनलाई बढाउने काम गर्नुपर्छ ।”

यस्तै उद्योग सचिव कृष्णबहादुर राउतले विश्व व्यापार संगठनको सदस्यता लिएको २० वर्ष भइसक्दा पनि नेपालले सहि हिसाबले फाइदा लिन नसकेको बताउनुभयो । उहाँले विश्व व्यापार संगठनको सदस्य भएपछि आश्वासन पाएअनुसार व्यापारमा नेपालले हिस्सा लिन नसकेको बताउनुभयो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, निर्यात व्यवसायी महासंघका उपाध्यक्ष गोविन्द घिमिरे, मन्त्रालयको बहुपक्षिय महाशाखाका सहसचिव लिलाप्रसाद शर्मालगायतले विश्व बजारमा नेपालको व्यापारमा पहुँच हुन नसक्दा र आयातमुखी व्यवसाय बढ्दो क्रममा रहेकाले व्यापार घाटा बढ्दो क्रममा रहेको बताउनुभयो । 

उहाँहरुले आयातमुखी व्यापारलाई प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मन्त्रालयका उपसचिव लीलाधर अधिकारीले ‘डब्ल्यूटीओ सदस्यताः अपेक्षाहरू र उपलब्धिहरू’ विषयमा प्रस्ततिकरण गर्नुभएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कन्सुलर सेवालाई प्रविधिमैत्री बनाउँदै सरकार, ‘मोफा मित्र’ एपको शुभारम्भ

कन्सुलर सेवालाई प्रविधिमैत्री बनाउँदै सरकार, ‘मोफा मित्र’ एपको शुभारम्भ

वि.सं.२०८३ जेठ १२ मंगलवार १८:२५

काठमाडौं । कन्सुलर सेवा विभागद्वारा कन्सुलर सेवा प्रवाहलाई थप सहज,...

कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

वि.सं.२०८३ जेठ १२ मंगलवार १६:४१

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीका १६ लाख नागरिकको विपद्...

उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग

उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग

वि.सं.२०८३ जेठ १२ मंगलवार १४:२४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार...

काठमाडौंमा बर्ड फ्लु देखियो : नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौंमा बर्ड फ्लु देखियो : नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन आग्रह

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:२६

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन...

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४३

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को...

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

वि.सं.२०८३ जेठ ११ सोमवार १५:१४

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित...