back

बैंकको तथ्यांक : बैंकहरुमा निक्षेप बढेर ६२ खर्ब रुपैयाँ नाघ्यो

काठमाडौं । बैंकिङ प्रणाली तरलता लगातार बढिरहेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुमा निक्षेप बढेर ६२ खर्ब रुपैयाँ नाघेको छ।

तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप चैत १७ गतेसम्म बढेर ६२ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो।

चैत १५ गतेसम्म कुल निक्षेप ६१ खर्ब ९३ अर्ब रुपैयाँ रहेको थियो। दुई दिनको अवधिमा निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ।

यो २ दिनको अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप पनि ७ अर्ब रुपैयाँले बढेर चैत १७ गतेसम्म ५४ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ। चैत १५ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ८० अर्ब रुपैयाँ थियो।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी भने स्थिर रहँदै चैत १७ मा पनि ५० खर्ब ८४ अर्ब रुपैयाँ नै रहेको छ। गत चैत १५ मा पनि कुल कर्जा लगानी ५० खर्ब ८४ अर्ब रुपैयाँ नै रहेको छ।

वाणिज्य बैंकहरुको कुल कर्जा लगानी चैत १५ मा ४४ खर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा चैत १७ मा पनि स्थिर रहँदै त्यति नै रहेको छ।

चैत १७ गते बैंकहरुको औसत सीडी रेसियो ७९.६१ प्रतिशतमा झरेको छ।

चैत १५ गते औसत सीडी रेसियो ७९.७० प्रतिशत थियो। बैंकहरुको अन्तरबैंक ब्याजदर चैत १७ मा घटेर २.६३ प्रतिशतमा झरेको छ। चैत १५ मा अन्तरबैंक ब्याजदर २.७७ प्रतिशत थियो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...